निर्माण व्यवसायी महासंघका अध्यक्षको दिन दहाडै हत्या गर्ने मुख्य सुटरलाई यसरी समात्यो प्रहरीले



हाम्रो इकोनोमि

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने मुख्य सुटरलाई प्रहरीले आज बिहान चितवनबाट पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र रुपन्देही प्रहरीको टोलीले मुख्य सुटर श्याम लामा गुम्बेलाई पक्राउ गरेको रुपन्देहीका एसपी श्याम ज्ञवालीले बताए।

लामा पूर्व सैनिक हुन्। घटनाका प्रमुख योजनाकार समिरमान सिंह बस्नेतसहित यसअघि प्रहरीले ११ जनालाई पक्राउ गरिसकेको नेपाल लाइभले उल्लेख गरेको छ।

गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या भएको थियो। मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गाडीमा रहेका गौचनमाथि गोली प्रहार गरेका थिए।

हत्याका मुख्य योजनाकार बस्नेतले लिखित बयानमा गौचनले आफूलाई साढे २ करोड दिनुपर्नेमा त्यो नदिएपछि हत्या गरेको बताएका थिए। डाँफे कन्सट्रक्सनमा आफ्नो र कुमार घैंटेको लगानी रहेको र पैसा फिर्ता माग्दा नदिएपछि हत्या गरिएको प्रहरी अनुसन्धानको निष्कर्ष छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...