३ वटा प्रदेशमा राष्ट्रियसभाका लागि एमालेले छानेका यी हुन् उम्मेदवार,बाँकी प्रदेशमा यसरी छानिदैछन्



हाम्रो इकोनोमि

नेकपा एमालेले ३ प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ।
सोमबार राति अबेरसम्म बसेको स्थायी समितिको बैठकले राष्ट्रियसभा निर्वाचनको लागि तीन वटा प्रदेशका उम्मेदवारको नाम टुंगो लगाएको हो। बाँकी ४ प्रदेशका उम्मेदवारहरु मंगलबार बस्ने बैठकले टुंगो लगाउने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए। ‘सोमबार भ्याइएन’, भट्टराईले भने, ‘मंगलबार ११ बजे पुन: बैठक बसेर बाँकी नाम टुंगो लगाउने छौं।’

कुन प्रदेशमा को उम्मेदवार?

प्रदेश ५
१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रुपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ

प्रदेश ६
१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा ( महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

प्रदेश ७
१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर
३. शेरबहादुर कुँवर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा

प्रतिक्रिया दिनुहोस
पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...