राष्ट्रपतिद्वारा हनुमानढोका दरबार पुगेर वसन्त श्रवण



हाम्रो इकोनोमि

राष्ट्रपति विद्यादेवी भण्डारी वसन्त पञ्चमीका अवसरमा ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण तथा प्रसाद ग्रहण गरेकी छन्। सोमबार बिहान ११:१७ मिनेटको शुभसाइतमा राष्ट्रपति भण्डारीले वसन्त श्रवण गरेकी हुन्।

प्रत्येक वर्ष वसन्त पञ्चमीका दिन राष्ट्रप्रमुखबाट सो स्थानमा वसन्त श्रवण गरी प्रसाद ग्रहण गर्ने परम्परा रहँदै आएको छ। उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखको समेत वसन्त श्रवणमा सहभागिता थियो। शुभसाइतमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति भण्डारीको सम्मानमा सलामी अर्पण गरेको थियो।

हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालले वसन्त श्रवण गराउनुका साथै विशिष्टजनमा प्रसाद अर्पण गरेका थिए। साथै काठमाडौं महानगरपालिकाका प्रमुख तथा उपप्रमुख, पुरातत्व विभागका उच्च अधिकृतको समेत सो वसन्त श्रवणमा सहभागिता थियो। सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजका दिनलाई ‘वसन्त पञ्चमी’ भन्ने गरिन्छ। ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारका ज्ञान, सिद्धि र सद्बुद्धि हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ। गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ।

वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने विश्वास गरिन्छ। आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ। विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ। आजका दिन लेखपढ गर्न सिकाए राम्रोसंग विद्या आउने जनविश्वास छ। आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह ९इही० जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास छ। यस दिन बालबालिकालाई शिक्षारम्भ गराउनुका साथै नाक, कान छेडिदिने गरिन्छ। उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेले तथा अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजनका साथै खासगरी छात्रछात्राको घुइँचो लागेको छ।

सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोइ निलेमा विद्या र बुद्धि स्फूरण भई विद्याकी देवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ। विसं २०७२ को विनाशकारी भूकम्पले क्षति पुर्‍याएको हनुमानढोका दरबारमा अहिले पुनःनिर्माणकार्य जारी छ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...