नवराज सिलवालले झूट बोले पछी थप आक्रामक बन्यो प्रहरी,सिलवाल विरुद्ध डिफ्युजन नोटिस जारी



हाम्रो इकोनोमि

इन्टरपोलले नेपाल प्रहरीका पूर्व डीआइजी तथा नेकपा एमलेका सांसद नवराज सिलवालको खोजी गर्न डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको सिफारिसमा इन्टरपोलले सिलवाललाई पक्राउ गर्न आइतबार साँझ डिफ्युजन नोटिस जारी गरेको हो । आइजीपी बढुवा सम्वन्धि कार्यसम्पादन मूल्यांकन किर्ते अभियोगमा सिलवाललाई बयानका लागि बोलाउँदा उपस्थित नभएपछि उनीमाथी प्रहरीले डिफ्युजन नोटिश जरी गर्ने सम्म्को एक्सन लिएको हो ।

सिलवालले एक अनलाइन मार्फत आफू ललितपुरको भट्टे डाँडामा रहेको दावी गरेपछि आइतबार दिनभर प्रहरीले उनको खोजी गरेको थियो । तर नभेटिएपछि बेलुका इन्टरपोलले उनलाई फरार सूचीको अभियुक्तमा राख्दै सूचना जारी गरेको हो ।
यो नोटिस जारी भएसँगै अव जुनसुकै मुलुकका प्रहरीले पूर्व डीआइएजी तथा सांसद सिलवाललाई पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाउन बाटो खुलेको छ । यसअघि प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी सिलवाल कहीकतै भेटिए पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाठौंको जिम्मा लगाउन निर्देशन दिएको थियो ।

त्यसअघि ललितपुरको गोदावरी स्थित निवासमा सिलवाल पक्राउ गर्न पुगेको ललितपुर प्रहरीको टोली उनी नभेटिएपछि रित्तो हात फिर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...