ओली निबासमा मुख्यमन्त्री र राष्ट्रिय सभा सदस्य छान्न एमाले स्थायी कमिटीको बैठक



हाम्रो इकोनोमि

राष्ट्रिय सभामा भागबण्डा सकिएपछि आफ्नो भागमा परेको राष्ट्रिय सभा सदस्यहरुको टुङ्गो लगाउन एमाले स्थायी समितिको बैठक आज अपरान्ह बस्ने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा स्थायी समिति बैठक बस्न लागेको हो।

४३ सिट जित्ने अपेक्षा गरेका वामगठबन्धनमा आवद्ध एमाले–माओवादी केन्द्रले क्रमशः २९ र १४ सिट बाँडफाँट गरेका छन्। एमालेको भागमा परेको तिनै २८ सिटमा कसकसलाई उम्मेदवार बनाउने भन्ने सम्बन्धमा आजको बैठकले निर्णय गर्नेछ।

‘आजको बैठक मूलत राष्ट्रिय सभाका उम्मेदवार टुङ्ग्याउनका लागि भएपनि बैठकमा मुख्यमन्त्री चयनबारे पनि सामान्य छलफल हुने सम्भावना छ’ स्थायी समितिका एक सदस्यले भने, ‘एमाले–माओवादी केन्द्र कार्यदलमा मुख्यमन्त्रीको बाँडफाँटबारे पार्टीको तर्फबाट राखिने धारणाबारे छलफल हुनेछ।’

राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकारबारे सुझाव दिन गठन गरिएको दुई पार्टीको कार्यदलको समयावधि हिजोको पार्टी एकता संयोजन समितिले थप गरेको छ। प्रदेश सरकार गठनका सम्बन्धमा कार्यदल कुनै निष्कर्षमा नपुगेकाले समितिले कार्यदलको बैठक थप गरेको हो।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...