एमालेबाट राष्ट्रियसभा सदस्य उम्मेदवारको नाम सिफारिस (सुचिसहित)



नेकपा एमालेका विभिन्न प्रदेश कमिटीहरुले सबै प्रदेशमा राष्ट्रियसभाका लागी सम्भावित उम्मेदवारहरुको नाम सिफारिस गरेका छन् । राष्टियसभाका ५६ सिटमध्ये वामपन्थी गठबन्धनले ४३ सिटमा जित्ने दाबी गरेको छ, जसमध्ये एमालेको भोटमा २९ सिट परेको छ ।

कुन प्रदेशबाट को-को सिफारिस ?
प्रदेश नम्बर १ बाट एमालेले कोटाभन्दा धेरैको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा जगन्नाथ खतिवडा, अग्नि खरेल, पर्शुमेघी गुरुङ, गुरु बराल, शिव गुरुङ, युवराज कार्की, हरिशरण सिवाकोटी, किशोर अधिकारी, ओम कोइराला, लोककृष्ण भट्टराई, रविन कोइराला, दाताराम खनाल, खगेन्ऽ चुँडाल, देवेन्ऽ दाहाल, दीपक कार्की सिफारिस छन् ।

त्यस्तै मफुद अन्सारी, तैयव हुसेन, पीके राई, गोपाल गुरागाईं, किशोरचन्ऽ दुलाल, डम्बरसिंह सम्बाहम्फे, डा।देउमान सम्बाहम्फे, विशेश्वरा दाहाल, इन्दु गौतम, जयन्ती राई, नयनकला ओझा, सुमित्रा भण्डारी, मालती सुब्बा, तारा ढकाल, खेम नेपाली, बुद्धिमान परियार, डिबी साह शंकर, ओमदयाल विक, टुन्जा बराइली, विष्णुमाया विक, ऽोण रेग्मी, डीपी राई, सोनामछिरिङ शेर्पा, पासाङ शेर्पा, दुर्गा लिंखा पनि सिफारिस भएका छन् ।

प्रदेश नम्बर २ मा एमालेले जित्ने सम्भावना भएको एक सिटमात्र हो । वामपन्थी गठबन्धनको भागबण्डामा एमालेले प्रदेश २ मा खुला एक सदस्य पाएको छ । तर, प्रदेश कमिटीले भने आठ वटै सिटका लागि ५५ भन्दा बढी नाम सिफारिस गरेको छ ।

जित्ने दाबी गरिएको एक खुला सदस्यका लागि प्रदेश कमिटीबाट रामचन्द्र यादव, धर्मनाथ शाह, रत्नेश्वर गोइत, सुधीर साह, यदुवंश झा, सुमन प्याकुरेल, पुरषोत्तम पौडेल, दिनेश राई, कमला महतो, चिरन्जीवी आचार्य लगायतको नाम सिफारिस भएको छ ।

प्रदेश नम्बर ३ बाट पनि जिल्लाबाट आएका सबै नाम जस्ताको तस्तै केन्द्रमा पठाइएको छ ।

एमालेले यहाँ ५ सिट जित्ने अवस्था छ । जिल्लाबाट सिफारिसमा नपरेका तर राष्टियसभामा आवश्यक व्यक्तित्वको नाम समेत थपेर केन्द्रमा सिफारिस गरिएका पोलिटव्यूरो सदस्य अरुण नेपालले बताए ।

सिफारिस हुनेमा प्रदीप नेपाल,रघुजी पन्त,बेदुराम भुसाल,अमृत बोहोरा,केशव बडाल,देवशंकर पौडेल,आनन्द पोखरेल,कमला सुवेदी,मेघनाथ पौडेल,जगन्नाथ आचार्य,माधव अर्याल,गोपाल शाक्य लगायत छन् ।

प्रदेश नम्बर ४ बाट एमालेले खुला सदस्यमा प्रदेश सहसंयोजक गणेश तिमल्सिनाको एकल नाम सिफारिस गरेको छ । अपांगता भएकातर्फ एक सिटमा स्याङजाका रामवहावदुर थापा, म्याग्दीका केपी अधिकारी र कास्कीका सुर्य खड्का बेखर्चीको नाम सिफारिस भएको छ ।

भागवण्डाका क्रममा एमालेको पोल्टामा परेको दुई महिला सदस्यका लागि तनहुँकी शान्ति खनाल, स्याङ्जाकी चित्रा नेपाली, बाग्लुङकी शान्ति अधिकारी, नवलपुरकी रामकुमारी पाण्डे, लमजुङकी दिपा गुरुङ र गोरखाकी बिमला बोगटीको नाम सिफारिस भएको छ ।

प्रदेश ५ बाट १०० बढी नाम सिफारिस भएका छन् । अनेरास्ववियुका पूर्वअध्यक्षद्धय खिमलाल भट्टराई, ठाकुर गैरे लगायतका प्रभावशाली नेताहरु पनि सिफारिसमा परेका छन् ।

तर, एमालेले सो प्रदेशबाट ४ सिट पाएको छ । एमालेका अधिकांश प्रभावशाली युवा नेताले प्रदेश वा प्रतिनिधिसभाको टिकट पाउँदा खिमलाल र ठाकुर छुटेका थिए ।

एमालेले ५ नम्बर प्रदेशबाट २ खुला सदस्यको सिट पाउको छ । प्रदेश कमिटीले प्रदेश संयोजक बिष्णु पौडेललाई स्थायी कमिटीमा नाम सिफारिस गर्ने अधिकार दिएको स्रोतले जनाएको छ ।

प्रदेश नम्बर ६ बाट दुई महिला सदस्य पाएकोमा एमालेले हुम्लाकी कबिता बोगटी,सुर्खेतकी नन्दा गुरुङ,जुम्लाकी मेनकी रेग्मी चौलागाई र मुगुकी सोनाम छेजुङ लामा सिफारिस गरेको छ ।

त्यस्तै दलित सदस्यका लागि सुर्खेतका तेजवहादुर बिक (तोरण), जुम्लाका मेहल पार्की र मुगुका जर्मन नेपाली सिफारिस भएको पोलिटव्यूरो सदस्य गोरखवहावदुर बोगटीले बताए ।

२ खुला सदस्यका लागि एमाले प्रदेश कमिटीले ८ जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा भैरबसुन्दर श्रेष्ठ जाजरकोट, लक्ष्मीप्रसाद पोखरेल दैलेख, हंशवहादुर शाही डोल्पा,टेकवहादुर खाँड दैलेख,तुलराज बिष्ट कालीकोट,बलबहादुर महत जुम्ला,ठगेन्द्रप्रकाश पुरी रुकुम र राजेन्द्रदेव राई सल्यान छन् ।

७ नम्बर प्रदेश कमिटीले ४ सिटका लागि प्रत्येक कोटामा तीनतीन जनाको नाम सिफारिस गरेको सहसंयोजक कर्णवहादुर थापाले बताए । खुला सदस्य एक सिट पाएकोमा एमालेले केन्द्रीय सदस्य महेश्वर पाठक, बिक्रम शाही र अछाम अध्यक्ष शेरवहादुर कुँवरको नाम सिफारिस गरेको छ ।

त्यस्तै दुई महिला सिटका लागि ६ जना सिफारिस भएका छन् । सिफारिस हुनेमा डोटीकी गौरी ओली, कैलालीकी सावित्री ओली, कैलालीकै साबित्रा घिमिरे, बाजुराकी राधिका बोहोरा, कञ्चनपुरकी इन्दु कडरिया र दार्चुलाकी हिरादेवी अवस्थी छन् । दलित कोटामा बैतडीका पुरनसिंह दयाल, बझाङका अफिलाल उखेडा र बैतडीकै चक्र फिनेही छन् ।

प्रतिक्रिया दिनुहोस
एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा

पत्रकार महासंघको निर्वाचन हुन नसकेकोमा सर्वोच्च अदालतको कारण देखाउ आदेश

    नेपाल पत्रकार महासंघको निर्वाचन निर्धारित समयमा हुन नसकेकोमा सर्वोच्च अदालतले कारण

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँछौं : ईश्वर पोखरेल

    नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले देशको भाग्य र भविष्य बनाउन

छविलाल लाई लगियो अदालत

  सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित