एमालेका यी मनकारी पूर्व सांसद जसले उपचार खर्च तिर्न नसकेर अस्पताल बसेका आमा–छोरालाई घर फर्काए



हाम्रो इकोनोमि

बम विस्फोटमा परेर दुई महिनादेखि चितवनमा उपचार गराए पनि तिर्ने पैसा नभएपछि अस्पतालमै रहेका आमा र छोरालाई रौतहटका पूर्व सांसद रामकुमार भट्टराईले घर फर्काएका छन्।

रौतहटमा भएको बम विस्फोटमा घाइते भएका सरिता राई र उनका छोरा जैविकलाई पूर्व सांसद भट्टराईले जमानी बसेर आइतबार अस्पतालबाट निकालेका हुन्। विस्फोटमा परेर सरिताको एउटा खुट्टा काट्नुपरेको थियो भने छोरा जैविकको दुवै खुट्टामा गम्भी चोट लागेको थियो।

उनीहरुलाई एक साताअघि नै पैसा तिरेर डिस्चार्ज हुन अस्पतालले भने पनि उपचार खर्चवापतको ठूलो रकम तिर्न नसकेपछि घर फर्कन सकेका थिएनन्। सरिताको उपचार खर्च ६ लाख २५ हजार भएको छ भने छोराको उपचारमा ४ लाख २९ हजार लागेको बताइएको छ।

उनीहरुले क्यान्टिनमा खाना खाएको बाँकी रकम ५२ हजार रुपैयाँ भने पूर्व सांसद भट्टराईले तिरिदिएको नेपाल लाइभले उल्लेख गरेको छ।

प्रदेश र प्रतिनिधिसभाको चुनाव अगाडि गत मंसिर २ गते रौतहतको चन्द्रपुर नगरपालिका ५ मा आयोजित भेलामा बम विस्फोट हुँदा सरिता र उनका छोरासहित एक दर्जनभन्दा बढी मानिस घाइते भएका थिए।

उपचार खर्चका लागि सरकारसँग पहल गरे पनि अहिलेसम्म नपाएको पूर्व सांसद भट्टराईले गुनासो गरेका छन्।

प्रतिक्रिया दिनुहोस
शिक्षकलाई राजनीतिक क्रियाकलापमा संलग्न नहुन मन्त्री पुनको चेतावनी

    शिक्षामन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूले पेसागत आचरण र कर्तव्यविपरीत...

संसद् पुनर्स्थापनाको पक्षमा कांग्रेसले सुरु गर्‍यो हस्ताक्षर अभियान

    संसद् पुनर्स्थापनाको पक्षमा नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले पनि हस्ताक्षर अभियान सुरु...

सुकुम्बासी वस्तीमा डोजर ल्याए बालेनको घर भत्काउन जानुस् : दुर्गा प्रसाई

    मंसिर ७ गते आन्दोलनको घोषणा गरेका मातृभूमि बचाउ अभियानका प्रमुख दुर्गा...

एकीकृत समाजवादी पुनर्गठन, भूसाल संयोजक

    एकीकृत समाजवादीले घनश्याम भूसाललाई संयोजक तोकेको छ । यसअघि भूसाल महासचिवको...