भोलिबाट खुल्ने भनिएको सामुदायिक लघुवित्तको आईपियो किन रोकियो ?



हाम्रो इकोनोमि

सामुदायीक लघुवित्त वित्तीय संस्था लिमिटेड (Samudayik Laghubitta Bittiya Sanstha Ltd.) ले निष्कासन गर्न लागेको साधारण शेयर (आईपीओ) नेपाल धितोपत्र बोर्डले रोकेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले भोली माघ ९ गते देखि ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आइपिओ निष्काशन गर्ने तयारी गरेको थियो ।

लगानीकर्ताले छिटोमा माघ १२ सम्म र ढिलोमा फागुन ८ गतेसम्म आईपिओमा आवेदन दिन सक्ने गरी कम्पनीले आह्वान पत्र समेत सार्बजनिक गरिसकेको थियो । तर अचानक कम्पनीको आईपिओ निष्काशन प्रक्रिया स्थगित भएको छ ।

कम्पनीले आज एक सूचना जारि गर्दै अर्को सूचना जारी नभएसम्म आईपिओ सम्बन्धि सम्पूर्ण प्रक्रिया स्थगन भएको जानकारी दिएको हो । धितोपत्र बोर्डले माघ २ गते पत्र पठाएर बिशेष कारणबश अर्को जानकारी नगराएसम्म प्रारम्भिक निष्काशन रोक्न निर्देशन दिएकोले आईपिओ निष्काशन हालको लागि स्थगन गरिएको लघुवित्तले जनाएको छ ।

सर्वसाधारणमा आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पुंजी १० करोड पुग्नेछ भने शेयर स्वामित्व संस्थापक तर्फ ७० प्रतिशत र साधारणतर्फ ३० प्रतिशत पुग्नेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त यस वित्तीय संस्थाले २०७० साल चैतबाट कारोवार गर्दै आएको छ। लघुवित्तले हाल ३२ वटा शाखा मार्फत १५ जिल्लामा लघुवित्त सेवा दिंदै आएको छ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...