तिन अंकले नेप्से घट्दा आधा अर्बको सेयर कारोवार



हाम्रो इकोनोमि

साताको पहिलो दिन आइतबार नेप्से परिसुचक ३.८५ अंकले घटेर १४०२.६७ अंकमा ओर्लिएको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.७६ अंकले घटेर २९६.१० अंकमा झरेको छ।

सेयर बजारको परिसूचक तीन अंकले झरेपनि कारोबार भने बढेको छ।

यसअघि खुलेको बजारमा ४० करोडको कारोबार भएकोमा आज ५० करोड पुगेको छ। व्यापार २, होटल २५, फाइनान्स २, उत्पादन ३० र अन्य समूह १ अंकमा उक्लिएका छन्। बैंकिङ २, विकास बैंक ५, जलविद्युत ७, बीमा ७५ र माइक्रोफाइनान्स उपसूचक १२ अंकले घटे।

कारोबारका आधारमा ग्लोबल आइएमई (संस्थापक) बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ९ करोड ३४ लाखको कारोबार हुँदा सानिमा माइ हाइड्रोको ५ करोड ६४ लाखको कारोबार भयो।

नाफा कमाउने आधारमा साना किसान विकास बैंकका लगानीकर्ता अग्रस्थानमा रहे। सो कम्पनीको मूल्य २.६ प्रतिशतले बढेको छ। ग्लोबल आइएमई बैंक संस्थापकतर्फको मूल्य २.२ प्रतिशतले बढेको छ।

गुमाउनेमा सिटिजन्स बैंकका संस्थापक सेयरधनी अग्रस्थानमा रहे। सो कम्पनीको संस्थापक मूल्य ६.२ प्रतिशतले घटेको छ। नेको इन्स्योरेन्स, आरएसडिसी लघुवित्त, कन्काई विकास बैंक तथा एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले ५ प्रतिशत बढी गुमाए।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...