तिन अंकले नेप्से घट्दा आधा अर्बको सेयर कारोवार



हाम्रो इकोनोमि

साताको पहिलो दिन आइतबार नेप्से परिसुचक ३.८५ अंकले घटेर १४०२.६७ अंकमा ओर्लिएको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.७६ अंकले घटेर २९६.१० अंकमा झरेको छ।

सेयर बजारको परिसूचक तीन अंकले झरेपनि कारोबार भने बढेको छ।

यसअघि खुलेको बजारमा ४० करोडको कारोबार भएकोमा आज ५० करोड पुगेको छ। व्यापार २, होटल २५, फाइनान्स २, उत्पादन ३० र अन्य समूह १ अंकमा उक्लिएका छन्। बैंकिङ २, विकास बैंक ५, जलविद्युत ७, बीमा ७५ र माइक्रोफाइनान्स उपसूचक १२ अंकले घटे।

कारोबारका आधारमा ग्लोबल आइएमई (संस्थापक) बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ९ करोड ३४ लाखको कारोबार हुँदा सानिमा माइ हाइड्रोको ५ करोड ६४ लाखको कारोबार भयो।

नाफा कमाउने आधारमा साना किसान विकास बैंकका लगानीकर्ता अग्रस्थानमा रहे। सो कम्पनीको मूल्य २.६ प्रतिशतले बढेको छ। ग्लोबल आइएमई बैंक संस्थापकतर्फको मूल्य २.२ प्रतिशतले बढेको छ।

गुमाउनेमा सिटिजन्स बैंकका संस्थापक सेयरधनी अग्रस्थानमा रहे। सो कम्पनीको संस्थापक मूल्य ६.२ प्रतिशतले घटेको छ। नेको इन्स्योरेन्स, आरएसडिसी लघुवित्त, कन्काई विकास बैंक तथा एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले ५ प्रतिशत बढी गुमाए।

प्रतिक्रिया दिनुहोस
रसुवाको तटीय क्षेत्रमा अकल्पनीय क्षति, दर्जनौं बजार र बस्ती बगायो

    भोटेकोशीमा अचानक तिब्बतर्फबाट आएको भिषण बाढीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा...

रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी

    रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ । रसुवाका प्रमुख जिल्ला...

कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...