शंकर पोखरेल मुख्यमन्त्री बन्ने बाटो खुल्यो,सर्बसम्मती बाट यसरी चुनिए संसदीय दलको नेता



हाम्रो इकोनोमि

प्रदेश–५ मा मुख्यमन्त्रीका एक दावेदार एमाले नेता शंकर पोखरेलको मुख्यमन्त्री बन्ने बाटो खुल्ला भएको छ। बुटवलमा प्रदेश सभा सदस्यका रुपमा शपथ ग्रहण गरेलगत्तै उनी एमाले दलको संसदीय नेता चयन भएपछि पोखरेल मुख्यमन्त्री बन्ने बाटो खुल्ला भएको हो।

प्रदेश–५ मा एमाले–माओवादी केन्द्रको बहुमत छ। नेपालको संविधान २०७२ को धारा १६८ (२) मा प्रदेश सभाका दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री चयन गर्ने व्यवस्था छ।

पोखरेल नै वामगठबन्धनका त्यस्ता नेता हुन्, जसलाई मुख्यमन्त्री बनाउनेबारे एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच यसअघि नै सहमति भइसकेको छ। प्रदेश–५ को मुख्यमन्त्री बनाउने उद्देश्यका साथ उनलाई प्रदेश सभामा प्रतिस्पर्धा गराइएको थियो।

दाङ–२ मा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले प्रतिस्पर्धा गर्ने कि एमालेका पोखरेलले प्रतिस्पर्धा गर्ने भन्ने प्रश्न पेचिलो भएपछि प्रचण्डकै प्रस्तावमा मुख्यमन्त्री बनाउने गरी पोखरेललाई प्रदेश सभामा प्रतिस्पर्धा गराइएको थियो।

पोखरेल बुटवलमा बसेको एमाले प्रदेश–५ को विधान सभाको संसदीय दलको बैठकबाट सर्वसम्मत रुपमा नेता चयन भएका हुन्। अब एमाले–माओवादी केन्द्रका बहुमत सदस्यहरुको हस्ताक्षर सहित मुख्यमन्त्रीको दावेदारी प्रस्तुत गर्नासाथ पोखरेल मुख्यमन्त्री नियुक्त हुनेछन्।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...