यी हुन् राष्ट्रियसभा निर्वाचनका मतदाता (नामावलीसहित)



हाम्रो इकोनोमि

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली प्रकाशित गरेको छ। निर्वाचन कार्यतालिका अनुसार आयोगले आइतबार बिहान साढे ११ बजे ७ वटै प्रदेशको मतदाता नामावली प्रकाशित गरेको छ।

स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्य मतदाता रहेका छन्।

राष्ट्रियसभा निर्वाचन सम्बन्धी विधेयकमा स्थानीय तहका प्रतिनिधिलाई मतभार १८ प्रतिशत र प्रदेशसभाका सांसदलाई मतभार ४८ प्रतिशत दिइएको छ।

राष्ट्रियसभा निर्वाचनमा ७ सय ५३ स्थानीय तहका १५ सय ६ र प्रदेश सभाका ५ सय ५० गरी २ हजार ५६ मतदाता हुनेछन्।

स्थानीय तहमा १५ सय ६ जनाको २७ हजार १ सय ८ र प्रदेश सभाका ५ सय ५० मतदाताको २६ हजार ४ सय मतभार रहेको छ। त्यस अनुसार राष्ट्रियसभाको कुल मतभार ५३ हजार ५ सय ८ रहेको छ। सबै मतदाताहरुको नामावली हेर्न तलको लिंक खोल्नुहोस।

http://www.election.gov.np/election/np/voterlist-for-national-assembly-election-2074-159.html

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...