प्रदेश २ मा चार भाषामा सपथ ग्रहण



हाम्रो इकोनोमि

प्रदेश नम्बर २का प्रदेशसभा सदस्यहरूले सपथ ग्रहण गरेका छन् । प्रदेश मुकाम जनकपुरस्थित उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रममा १०७ सांसदले सपथ ग्रहण गरेका हुन्।

सुरुमा ज्येष्ठ सदस्य लगनलाल चौधरीलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सपथ ग्रहण गराएका थिए । त्यसपछि जेष्ठ सदस्य चौधरीले प्रदेशसभा अन्य सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए।

सपथ ग्रहण चार भाषामा भएको थियो। जेष्ठ सदस्य चौधरीले नेपाली भाषमा सपथ ग्रहण गरेपनि अन्य सदस्यहरूले नेपालीमा नलिने भन्दै हिन्दी र मैथली र भोजपुरीमा सपथ ग्रहण गरेका थिए।

जेष्ठ सदस्य चौधरीसँगै २४ जनाले नेपालीमा, राजपाका सांसद रामनरेश राय यादवलगायत ११ जनाले हिन्दीमा, रौतहटका प्रदेशसमा सदस्य योगेन्द्र यादवलगायत २५ जनाले भोजपुरीमा र महोत्तरीकी प्रदेशसभा सदस्य अल्का झालगायत ४७ जनाले मैथली भाषामा सपथ ग्रहण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...