ओली प्रधानमन्त्री बन्ने दिन नजिकियो,राष्ट्रिय सभाको निर्वाचन परिणाम तीन दिनभित्र आउने



हाम्रो इकोनोमि

प्रदेश सभाका सदस्यहरुले आज प्रदेश प्रमुखबाट शपथ ग्रहण गरेलगत्तै आजदेखि राष्ट्रिय सभाको निर्वाचन प्रक्रिया सुरु हुने भएको छ। निर्वाचन आयोगले २४ माघमा राष्ट्रिय सभा निर्वाचनका लागि मतदान सम्पन्न भएपछि बढीमा तीन दिनभित्र राष्ट्रिय सभा निर्वाचनको परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ।

आज हुने शपथ ग्रहणसँगै प्रदेश सभा सदस्यहरु प्रदेश सभाका सदस्यहरु राष्ट्रिय सभा निर्वाचनका लागि योग्य हुनेछन्। आज मतदाता नामावली प्रकासनसँगै ९ गते अन्तिम नामावली प्रकाशित हुनेछ। नामावलीविरुद्ध दावी विरोधको कार्यक्रमपनि आजै राखिएको छ।

यसैगरी १० माघमा उम्मेदवारहरुको मनोनयपत्र दर्ता हुनेछ भने ७ वटै प्रदेशगत रुपमा हुने निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन आयोगले १५ माघमा उनीहरुलाई निर्वाचन चिह्न प्रदान गर्नेछ। निर्वाचन चाहिँ २४ माघमा बुधबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ।

निर्वाचन सम्पन्न भएलगत्तै त्यसै साँझ निर्वाचन परिणाम सार्वजनिक गर्ने योजनामा छ। तर, यो त्यतिबेलामात्र सम्भव हुनेछ, जब राजनीतिक दलहरु विद्युतीय मतदान मेसिन प्रयोग गर्न सहमत हुनेछन्। विद्युतीय मेसिन प्रयोग नभए मत परिणाम सार्वजनिक हुन बढीमा तीन दिन लाग्नेछ।

‘मतदानका लागि निर्वाचन आयोग विद्युतीय मतदान प्रयोगको पक्षमा छ, तर यसमा राजनीतिक दलहरु सहमत हुनुपर्छ’ एक निर्वाचन आयुक्तले भने, ‘मेसिन प्रयोग भए त्यसै साँझ मतगणनाको परिणाम आउनसक्छ, नभएर बढीमा तीन दिन लाग्छ।’

ती आयुक्तका अनुसार, विद्युतीय मतदान मेसिन प्रयोग गरेर निर्वाचन गर्ने कि मतमत्रको व्यवस्था गर्ने भन्ने बारेमा छिट्टै आयोगले राजनीतिक दलहरुसँग परामर्श गर्दैछ। ती आयुक्तले भने, ‘निर्वाचन परिणाम छिटो कि ढिलो भन्ने कुरा मेसिन प्रयोग गर्ने कि नगर्ने भन्नेमा भर पर्छ।’

स्थानीय तहका प्रमुख उपप्रमुखका अलावा प्रदेश सभाका सदस्यहरु राष्ट्रिय सभाका मतदाता हुनेछन्। निर्वाचनमा स्थानीय तहका प्रमुख उपप्रमख १ हजार ५ सय ६ जना र प्रदेशसभाका ५ सय ५० सदस्य गरी जम्मा २ हजार ५६ जना राष्ट्रिय सभाका मतदाता छन्।

निर्वाचन सम्बन्धित प्रदेशको अस्थायी केन्द्रहरुमा हुनेछ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...