जेल पर्ने डरले दीपक मनाङे भूमिगत, सपथ लिन गएनन्



हाम्रो इकोनोमि

पक्राउ पर्ने डरले प्रदेशसभामा निर्वाचित गुन्डा नाइके दीपक मनाङे (राजीव गुरुङ) फरार भएका छन्। पक्राउ पर्ने डरले उनी आइतबार सपथ लिन गएनन्।

मनाङको प्रदेश ख बाट निर्वाचित भएका उनी तीनदिन यता भूमिगत छन्। गत बुधबार सर्वाेच्च अदालतले पुनरावेदन अदालतको उनलाई ५ वर्ष कैद गर्ने फैसला सदर गरेको भोलिपल्टै उनी फरार भएका हुन्।

प्रदेश ४ का प्रदेश सांसदहरुको आइतबार पोखरामा सपथ ग्रहणको कार्यक्रम थियो। प्रहरीले पक्राउ गर्ने सूचना पाएपछि मनाङे त्यहाँ गएनन्। स्रोतका अनुसार प्रहरी मुख्यालयले उनलाई पक्राउ गर्न कास्की प्रहरीलाई निर्देशन दिएको थियो। कास्कीका एसपी अशोक सिंहले भने, ‘हामी मनाङेलाई पक्राउ गर्ने तयारीमा थियौं, तर उनी सपथ लिन आएनन्।’

आफूले प्रयोग गर्ने मोबाइल काठमाडौंमै छाडेर उनी भूमिगत भएको स्रोतक भनाइ छ।

गुन्डा नाइके मिलन चक्रे (मिलन गुरुङ) लाई २०६१ सालमा खुकुरी हानेको घटनामा उनलाई ५ वर्ष कैद सजाय सुनाइएको थियो। जसमध्ये २ वर्ष उनी जेल बसिसकेका छन् भने अब ३ वर्ष कैद भुक्तान हुन बाँकी छ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...