गाडी होइन सपथ लिन सांसद सेनाको हेलिकप्टरमा, गाडीमा आएका प्रदेश प्रमुख अझै आईपुगेनन



हाम्रो इकोनोमि

प्रदेशसभाका निर्वाचित सदस्य सपथका लागी नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश नम्वर ६ को अस्थायी मुकाम सुर्खेत पुगेका छन् । समानुपातिकमा विजयी भएका उम्मेदवार शुक्रबार विजयी भएको प्रमाणपत्र लिन निर्वाचन आयोगको केन्द्रीय कार्यलय काठमाडौं आएको थिए । तर, खराब मौषमका कारण शनिवार दिनभर विमान कुरेका सांसद आइतवार विहानै सेनाको हेलिकप्टरबाट सुर्खेत पुगेका हुन् ।

६ नम्बर प्रदेशका ४० सांसद मध्ये काठमाडौँमा रहेका २७ जनालाई आइतबार विहान सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको हो। शनिबार दिनभर र हवाई उडान अवरोध हुँदा उनीहरू काठमाडौँमै रहेका थिए। आइतबार बिहान ११ बजे उनीहरूलाई सपथ खुवाउने कार्यक्रम रहेकाले हवाइजहाजबाट नेपालगञ्ज हुँदै सुर्खेत पुग्न सम्भव नभएपछि सेनाको हेलिकप्टर प्रयोग गरिएको सांसदहरुले बताएका छन् ।

यद्यपी उनिहरुको हवाई खर्च कसले ब्यहोरेको हो केही खुलाइएको छैन । यसैविच, खराब मौषमका कारण विमान नउडेपछि गएराति नै गाडीमा काठमाडौंबाट सुर्खेत हिडेका प्रदेश प्रमुख मोहनराज मल्ल भने अझै आईपुगेका छैनन । जसका कारण त्यहा सपथ ढिलो हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...