आज राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली प्रकाशन गरिने



हाम्रो इकोनोमि

राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताहरुको नामावली आज प्रकाशित गरिने भएको छ ।

राष्ट्रियसभा सदस्यको निर्वाचन माघ २४ मा तोकिएको छ । आज प्रदेशसभा सदस्यहरुको सपथ पछि मतदाताको सूचि प्रकाशित गरिने निर्वाचन आयोगले जनाएको छ ।

आज सातवटै प्रदेशका प्रदेश सांसदहरुले शपथ लिँदैछन् ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभाका सांसद् र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख मतदाता हुने व्यवस्था छ । ५५० जना प्रदेश सांसद् र ७६६ स्थानीय तहका प्रमुख र उपप्रमुखले राष्ट्रियसभा सांसद् निर्वाचित गर्नेछन् ।

राष्ट्रियसभाका ५९ सदस्यमा प्रत्येक प्रदेशबाट ८र८ जना निर्वाचित भएर आउने छन भने सरकारको सिफारिसमा राष्ट्रपतिले तीन जनालाई मनोनित गर्ने छन् ।

राष्ट्रियसभाको गठनपछि प्रतिनिधिसभा समानुपातिकको नाम पनि सार्वजनिक गरिने छ । प्रतिनिधिसभाले पूर्णतापाएपछि मात्रै नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...