आज राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली प्रकाशन गरिने



हाम्रो इकोनोमि

राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताहरुको नामावली आज प्रकाशित गरिने भएको छ ।

राष्ट्रियसभा सदस्यको निर्वाचन माघ २४ मा तोकिएको छ । आज प्रदेशसभा सदस्यहरुको सपथ पछि मतदाताको सूचि प्रकाशित गरिने निर्वाचन आयोगले जनाएको छ ।

आज सातवटै प्रदेशका प्रदेश सांसदहरुले शपथ लिँदैछन् ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभाका सांसद् र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख मतदाता हुने व्यवस्था छ । ५५० जना प्रदेश सांसद् र ७६६ स्थानीय तहका प्रमुख र उपप्रमुखले राष्ट्रियसभा सांसद् निर्वाचित गर्नेछन् ।

राष्ट्रियसभाका ५९ सदस्यमा प्रत्येक प्रदेशबाट ८र८ जना निर्वाचित भएर आउने छन भने सरकारको सिफारिसमा राष्ट्रपतिले तीन जनालाई मनोनित गर्ने छन् ।

राष्ट्रियसभाको गठनपछि प्रतिनिधिसभा समानुपातिकको नाम पनि सार्वजनिक गरिने छ । प्रतिनिधिसभाले पूर्णतापाएपछि मात्रै नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...