तीन हप्ता लामो बसाइपछी बल्ल आज पूर्वराजा काठमाडौं फर्के, ज्ञानेन्द्र कहाँकहाँ गए, केके गरे ?



हाम्रो इकोनोमि

पूर्वराजा ज्ञानेन्द्र शाह तीन हप्ता लामो बसाइपछि शुक्रबार काठमाडौं फर्किएका छन्। निकै प्रशन्न मुद्रामा राजधानी फर्किएका ज्ञानेन्द्रको यो पछिल्लो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

पुस १३ गते मध्यपश्चिम तथा सुदुरपश्चिम क्षेत्रको भ्रमणका लागि पूर्वराजा शाह नेपालगंज गएका थिए। मध्य तथा सुदुर बसाइका क्रममा उनले धनगढी,सुर्खेत, बर्दिया, दाङलगायतको क्षेत्रको भ्रमण तथा त्यहाँ रहेका मन्दिरमा पुजा दर्शन गरेका थिए। नेपालगंजमा पूर्वराजा शाहले राजनीतिक तथा अन्य क्षेत्रका व्यक्तिहरुसँग भेटेर मुलुकको परिस्थतिबारे छलफल पनि गरेका थिए। भ्रमण फलदायी रहेको पूर्वराजा शाहका सहयोगी फडिराज पाठकले बताए।

नेपालगंज बसाइका क्रममा ज्ञानेन्द्र उत्तर प्रदेश पुगेर तीन दिन बिताएका थिए। उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथको विशेष निम्तामा लखनउ पुगेका ज्ञानेन्द्रले आदित्यनाथ तथा भारतका अन्य महत्वपूर्ण अधिकारीहरुसँग वार्ता गरेको स्रोतले बताएको छ। मुख्य मन्त्री योगी आदित्यनाथसँगको भेटवार्ता लगत्तै पूर्व युवराज्ञी हिमानी शाह अचानक बैंकक पुगेकी थिइन्। एमाले अध्यक्ष केपी शर्मा ओली पहिले नै बैंकक पुगेका थिए। यो संयोगलाई पनि राजनीतिक वृत तरंगित भएको थियो। पूर्वराजाको भ्रमणमा पत्नी कोमल, छोरी प्रेरणा, बहिनी शोभा शाही र उनका पति मोहन शाही पनि सहभागी थिए।

भारतीय जनता पार्टीका नेता एवं उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ भारतीय प्रधानमन्‍त्री नरेन्द्र मोदीसँग निकटको सम्बन्ध छ। मोदीका विश्वासिला सल्लाहकारका रुपमा उनलाई हेरिन्छ। उनीसँगको भेटवार्तालाई राजनीतिक रुपमा महत्वपूर्ण हुनसक्ने अनुमान गरिएको छ। ‘नेपालका पूर्व नरेश ज्ञानेन्द्र वीर विक्रम शाहसँग भेट’ भएको भन्दै योगीले आफ्नो ट्विटरमा तस्बिर सार्वजनिक गरेको समाचार नेपालताराले लेखेको छ ।

२ सय ९४ औं पृथ्वी जयन्ती अवसरमा एक विज्ञप्ती जारी गर्दै पूर्वराजा शाहले सक्रिय हुन सक्ने संकेत दिएका थिए। नेपालगंज बसाइका क्रममा उनले जारी गरेको विज्ञप्तीमा पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले दरबार छोडेपनि नेपाली घरबार अनि नेपाल र नेपालीको आधार परित्याग नगरेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...