यसरी हुदैछ सात प्रदेशका प्रमुखको प्रभाष हलमा सपथ



हाम्रो इकोनोमि

बुधबार नियुक्त भएका सात वटै प्रदेशका प्रमुखहरुको शपथ आज अपरान्ह हुने भएको छ। अपरान्ह ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई शपथ गराउनेछिन्।

मन्त्री परिषदको बुधबारको बैठकले सात प्रदेशका अस्थायी केन्द्र तोक्नुका अलावा प्रदेश प्रमुखहरुको चयनपनि गरेको थियो। तिनमा प्रदेश–१ मा गोबिन्द सुब्बा, प्रदेश–२ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश–३ मा अनुराधा कोइराला छन्।

यसैगरी प्रदेश–४ मा बाबुराम कुँवर, प्रदेश–५ मा उमाकान्त झा, प्रदेश–६ मा दुर्गाकेशर खनाल र प्रदेश–७ मा मोहनराज मल्ल छन्। विहीबार सार्वजनिक विदा परेकाले प्रदेश प्रमुखको शपथ आजको लागि तय गरिएको हो।

नेपालको इतिहासमा पहिलो पटक प्रदेश प्रमुख बन्ने अवसर पाएका सातै जनालाई शपथ ग्रहण गराउन लागिएको सो हल राष्ट्रपति भवनको सबैभन्दा महत्वपूर्ण हल मानिन्छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...