यसरी हुदैछ सात प्रदेशका प्रमुखको प्रभाष हलमा सपथ



हाम्रो इकोनोमि

बुधबार नियुक्त भएका सात वटै प्रदेशका प्रमुखहरुको शपथ आज अपरान्ह हुने भएको छ। अपरान्ह ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई शपथ गराउनेछिन्।

मन्त्री परिषदको बुधबारको बैठकले सात प्रदेशका अस्थायी केन्द्र तोक्नुका अलावा प्रदेश प्रमुखहरुको चयनपनि गरेको थियो। तिनमा प्रदेश–१ मा गोबिन्द सुब्बा, प्रदेश–२ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश–३ मा अनुराधा कोइराला छन्।

यसैगरी प्रदेश–४ मा बाबुराम कुँवर, प्रदेश–५ मा उमाकान्त झा, प्रदेश–६ मा दुर्गाकेशर खनाल र प्रदेश–७ मा मोहनराज मल्ल छन्। विहीबार सार्वजनिक विदा परेकाले प्रदेश प्रमुखको शपथ आजको लागि तय गरिएको हो।

नेपालको इतिहासमा पहिलो पटक प्रदेश प्रमुख बन्ने अवसर पाएका सातै जनालाई शपथ ग्रहण गराउन लागिएको सो हल राष्ट्रपति भवनको सबैभन्दा महत्वपूर्ण हल मानिन्छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...