माघ १३ देखि नारायणगढ मुग्लिन सडक दिउँसो ६ घण्टा बन्द



हाम्रो इकोनोमि

निर्माणाधीन नारायणगढ मुग्लिन सडक खण्ड माघ १३ गतेदेखि दिउँसोमा पनि बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको ठेकेदारका प्रतिनिधि, आयोजनाका अधिकारीसहितको बैठकले माघ १३ देखि विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

अहिले सो सडकखण्ड राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द गरिएको छ । रातिमा सडक बन्द गर्दा धेरै काम गर्न नसकिएकाले दिउँसोमा बन्द गर्न लागिएको हो । ‘रातिमा बन्द गरेर काम गर्दा प्रगति हात लाग्न सकेन,’ सुप्रिम रौताहा निर्माण कम्पनीमा कन्ट्याक्ट म्यानेजर शिशिर कन्दङ्वाले भने, ‘काम गर्न निकै असहज भयो ।’

ठेकेदारसँग आयोजनाको सम्झौता अवधि सकिन जम्मा १ महिना मात्रै बाँकी हुँदा काम भने २९ प्रतिशत बाँकी नै छ । हालसम्म ९२ प्रतिशत काम सकिनुपर्नेमा जम्मा ७१.१ प्रतिशत मात्रैं काम सकिएको आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दिउँसोको समयमा ६ घण्टा सडक बन्द गरी १ महिना काम गर्न दिने बताए । ‘१ महिनाभित्र दिउँसोमा बन्द गरी काम गर्दा हुने प्रगतिको स्पष्ट कार्ययोजना, ट्राफिक म्यानेजमेन्ट र प्रतिदिनको प्रगति विवरण ३ दिन भित्र पेश गर्न भनेका छौं’, प्रमुख जिल्ला अधिकारी भट्टले भने,’अब १ महिना ट्रयालका रुपमा हेर्दछौं ।’

प्रजिअ भट्टले जोखिम रहेका ४ वटा पुलमा प्रहरी राखेर जाम हुन नदिन ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तलाई निर्देशन दिए । यी पूल निकै जीर्ण र जोखिम छन् । प्रजिअ भट्टले यस्ता जोखिम भएका पुलमा ठूला गाडीहरुलाई एकैपटक वारपार गर्न नदिन पनि निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।...

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...

तर्साएर तर्सिन्नँ, फकाएर फकिन्नँ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले शेरबहादुर देउवा पक्षलाई समेटेर निष्पक्ष महाधिवेशन...