भारतको सिलगुढीबाट लुकेर सिलवालले देउवालाई दिए यस्तो चुनौती !



हाम्रो इकोनोमि

सरकारी कागजपत्र कीर्ते मुद्दामा फरार रहेका एमाले सांसद तथा पूर्व डिआइजी नवराज सिलवाल सामाजिक सञ्जालमा भने सक्रिय छन्। शुक्रबार बिहान ट्विट गर्दै उनले आफूलाई राजनीतिक प्रतिशोध साध्न शक्तिको गलत दुरुपयोग गरेको भन्दै त्यसको डटेर सामना गर्ने बताएका छन्।

शुक्रबार बिहान उनले ट्विट गरेका छन्, ‘म जनताको प्रतिनिधि हुँ र कानुनको परिपालक एक जिम्मेवार नागरिक पनि हुँ, समय सकिन लाग्यो भन्ने हतारोमा राजनीतिक प्रतिशोध साध्न शक्तिको गलत प्रयोग गरी आफ्नो विपक्षीलाई प्रहार गर्ने जुन नौटंकी प्रदर्शन हुँदैन, सत्यको जगमा त्यसको डटेर सामना हुनेछ।’

स्रोतका अनुसार सिलवाल दुई साता अघिदेखि नै देशबाहिर छन्। केही दिन अघिसम्म उनी सिलगुढीमा थिए। आफूलाई पक्राउको तयारी भइरहेको सूचना पाएलगत्तै उनी भारत भागेका थिए।

आइजिपी नियुक्ति सम्बन्धी मुद्दामा सिलवालले सर्वाेच्च अदालतमा पेश गरेको कार्यसम्पादन मूल्याङ्कन (कासमू) कागजपत्रमा कीर्ते भएको फैसला गर्दै अनुसन्धान गर्न भनेको छ। सोही फैसलाका आधारमा उनीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिसकेको छ। सिलवाललाई पक्राउ गर्न सबै जिल्लामा प्रहरी प्रधान कार्यालयले परिपत्र पनि गरिसकेको छ।

सिलवालले यो सरकारले आफूलाई फसाउन लागेको आरोप लगाउँदै आएका छन्। तर, फरार भएर अनुसन्धानमा असहयोग गरेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...