प्रदेश प्रमुखको शपथग्रहण आज, शीतल निवासमा भव्य तयारी



हाम्रो इकोनोमि

देशका सातवटै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले आज पद तथा गोपनीयताको शपथग्रहण लिने भएका छन् ।

आज अपरान्ह ४ बजेसम्ममा राष्ट्रपति कार्यालय शीतल निवासमा प्रदेश प्रमुखले शपथग्रहण गर्ने तयारी रहेको राष्ट्रपति विद्या भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

सरकारले बुधबार प्रदेश प्रमुखको नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेअनुसार आज प्रदेश प्रमुखले शपथ लिन लागेका हुन् । हिजो सार्वजनिक बिदा परेका कारण शपथग्रहण हुन सकेको थिएन ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले कांग्रेस र मधेसवादी दलको भागवण्डाका आधारमा प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...