राष्ट्रपति कार्यालयले प्रदेश प्रमुखको यसरी केलायो नालीबेली,भोली सपथ खुवाउने यस्तो हुदैछ तयारी



हाम्रो इकोनोमि

बुधबारको मन्त्रीपरिषद बैठकले चयन गरेका सातै प्रदेशका प्रमुखहरुको नागरिकता लगायत वैयक्तिक विवरण राष्ट्रपति कार्यालयका अधिकारीहरुले अध्ययन सुरु गरेका छन्। सरकारले नियुक्त गरेका सातै प्रदेश प्रमुखबारेको अध्ययन आजै अपरान्हसम्म सकिने र भोलि अपरान्ह उनीहरुलाई शपथ गराइने सम्भावना रहेको राष्ट्रपति कार्यालय स्रोतले बताएको छ।

बुधबार अपरान्ह दोस्रो पटक बसेको मन्त्री परिषदको बैठकले सात प्रदेशको प्रमुखहरु नियुक्त गरेको थियो, जसमा प्रदेश–१ मा डा गोबिन्द सुब्बा, प्रदेश–२ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश–३ मा अनुराधा कोइराला, प्रदेश–४ मा बाबुराम कुँवर, प्रदेश–५ मा उमाकान्त झा, प्रदेश–६ मा दुर्गाकेशर खनाल र प्रदेश–७ मा मोहनराज मल्ल छन्।

नियुक्तिको अधिकार सरकारलाई भएपनि उनीहरुको नियुक्ति कानूनसम्मत भएनभएको बारे राष्ट्रपति कार्यालयले अध्ययन गर्ने गरेको छ। त्यसै अनुसार उनीहरुको नागरिकतालगायत बैयक्तिक विवरणबारे सरकारले पठाएको अभिलेख राष्ट्रपति कार्यालयका अधिकारीहरुले अध्ययन सुरु गरेका छन्। नियुक्त प्रदेश प्रमुख र उनीहरुको अभिलेख बुधबार राति राष्ट्रपति कार्यालय पठाइएको थियो।

स्रोतका भनाईमा, सरकारले नियुक्त गरेका व्यक्तित्वहरुको व्यक्तिगत अभिलेख हेर्दा उनीहरु प्रदेश प्रमुख बन्न योग्य छन्। त्यसैले, राष्ट्रपतिले उनीहरुको नियुक्तिलाई भोलि विहानसम्म स्वीकृत गर्ने पक्कापक्की छ।

तर, राष्ट्रिय सभा निर्वाचनको जतिसुकै चटारो भएपनि उनीहरुको शपथ ग्रहण चाहिँ भोलि अपरान्हमात्र हुनेछ। त्यसको कारण हो, राष्ट्रपति विद्यादेवी भण्डारीको शुक्रबार विहान कीर्तिपुर जाने पूर्वनिर्धारित कार्यक्रम।

मदन भण्डारी स्पोर्टस्स फाउन्डेसनको आयोजनामा भोलि कीर्तिपुरस्थित क्रिकेट मैदानमा क्रिकेट कार्निभलको आयोजना गरेको छ, जसको उद्घाटन राष्ट्रपति भण्डारीले गर्दैछिन्। उद्घाटनका लागि भण्डारी विहान साढे ११ बजे सोही क्रिकेट मैदान पुग्नेछिन्। ‘त्यही कारण शुक्रबार अपरान्हमात्र शपथ ग्रहण कार्यक्रम हुने स्थिति छ’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो, ‘सम्भवत ३–५ बजेको बीचमा प्रदेश प्रमुखहरुलाई शपथ ग्रहण गराइनेछ।’

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...