राष्ट्रपति कार्यालयले प्रदेश प्रमुखको यसरी केलायो नालीबेली,भोली सपथ खुवाउने यस्तो हुदैछ तयारी



बुधबारको मन्त्रीपरिषद बैठकले चयन गरेका सातै प्रदेशका प्रमुखहरुको नागरिकता लगायत वैयक्तिक विवरण राष्ट्रपति कार्यालयका अधिकारीहरुले अध्ययन सुरु गरेका छन्। सरकारले नियुक्त गरेका सातै प्रदेश प्रमुखबारेको अध्ययन आजै अपरान्हसम्म सकिने र भोलि अपरान्ह उनीहरुलाई शपथ गराइने सम्भावना रहेको राष्ट्रपति कार्यालय स्रोतले बताएको छ।

बुधबार अपरान्ह दोस्रो पटक बसेको मन्त्री परिषदको बैठकले सात प्रदेशको प्रमुखहरु नियुक्त गरेको थियो, जसमा प्रदेश–१ मा डा गोबिन्द सुब्बा, प्रदेश–२ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश–३ मा अनुराधा कोइराला, प्रदेश–४ मा बाबुराम कुँवर, प्रदेश–५ मा उमाकान्त झा, प्रदेश–६ मा दुर्गाकेशर खनाल र प्रदेश–७ मा मोहनराज मल्ल छन्।

नियुक्तिको अधिकार सरकारलाई भएपनि उनीहरुको नियुक्ति कानूनसम्मत भएनभएको बारे राष्ट्रपति कार्यालयले अध्ययन गर्ने गरेको छ। त्यसै अनुसार उनीहरुको नागरिकतालगायत बैयक्तिक विवरणबारे सरकारले पठाएको अभिलेख राष्ट्रपति कार्यालयका अधिकारीहरुले अध्ययन सुरु गरेका छन्। नियुक्त प्रदेश प्रमुख र उनीहरुको अभिलेख बुधबार राति राष्ट्रपति कार्यालय पठाइएको थियो।

स्रोतका भनाईमा, सरकारले नियुक्त गरेका व्यक्तित्वहरुको व्यक्तिगत अभिलेख हेर्दा उनीहरु प्रदेश प्रमुख बन्न योग्य छन्। त्यसैले, राष्ट्रपतिले उनीहरुको नियुक्तिलाई भोलि विहानसम्म स्वीकृत गर्ने पक्कापक्की छ।

तर, राष्ट्रिय सभा निर्वाचनको जतिसुकै चटारो भएपनि उनीहरुको शपथ ग्रहण चाहिँ भोलि अपरान्हमात्र हुनेछ। त्यसको कारण हो, राष्ट्रपति विद्यादेवी भण्डारीको शुक्रबार विहान कीर्तिपुर जाने पूर्वनिर्धारित कार्यक्रम।

मदन भण्डारी स्पोर्टस्स फाउन्डेसनको आयोजनामा भोलि कीर्तिपुरस्थित क्रिकेट मैदानमा क्रिकेट कार्निभलको आयोजना गरेको छ, जसको उद्घाटन राष्ट्रपति भण्डारीले गर्दैछिन्। उद्घाटनका लागि भण्डारी विहान साढे ११ बजे सोही क्रिकेट मैदान पुग्नेछिन्। ‘त्यही कारण शुक्रबार अपरान्हमात्र शपथ ग्रहण कार्यक्रम हुने स्थिति छ’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो, ‘सम्भवत ३–५ बजेको बीचमा प्रदेश प्रमुखहरुलाई शपथ ग्रहण गराइनेछ।’

प्रतिक्रिया दिनुहोस
एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा

पत्रकार महासंघको निर्वाचन हुन नसकेकोमा सर्वोच्च अदालतको कारण देखाउ आदेश

    नेपाल पत्रकार महासंघको निर्वाचन निर्धारित समयमा हुन नसकेकोमा सर्वोच्च अदालतले कारण

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँछौं : ईश्वर पोखरेल

    नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले देशको भाग्य र भविष्य बनाउन

छविलाल लाई लगियो अदालत

  सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित