नर्सहरुले आजदेखि ८ घन्टा ड्युटी छाडे



हाम्रो इकोनोमि

आन्दोलनरत नर्सहरुले बिहीबारदेखि ८ घन्टा ड्युटी छाडेका छन्।

एक हप्ताअघि ११ बुँदे माग अघि सार्दै उनीहरुले आन्दोलन घोषणा गरेका थिए। स्वास्थ्य मन्त्रालयले उनीहरुका मागको सुनुवाइ नगरेपछि पूर्व कार्यतालिका अनुसार बिहीबारदेखि तीन दिनसम्म उनीहरुले बिहान देखि ४ बजेसम्म ८ घन्टाका लागि ड्युटी छाड्ने घोषणा गरेका हुन्।

तीन दिनभित्र पनि माग पूरा नभए माघ ७ गते २४ घन्टा नै ड्युटी छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिने भएका छन्।

उनीहरुले मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशन गरिएका नर्सिङ कर्मचारीहरुलाई बिनासर्त पुनर्बहाली, अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनर्स्थापना, जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको नर्स बिरामीको अनुपातु सबै अस्पतालमा यथाशीघ्र लागू, नेपाल सरकारका नर्सहरुलाई उपलब्ध गराइरहेको न्यूनतम तलबभत्ता सरह विभिन्न निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सलाई पनि तहगत हिसाबबाट उपलब्ध हुनुपर्ने लगायतका ११ माग राखेका छन्।

यसैबिच स्वास्थ्य मन्त्रालयले औपचारिक रुपमा वाता अघि बढाएका छ । बुधवारदेखि वार्ताको पहल थालेको मन्त्रालयले बिहीवार ११ बजेदेखि बार्ता थालेको हो ।

प्रतिक्रिया दिनुहोस
सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...