प्रदेशको राजधानी काण्ड चर्कियो,प्रदर्शनकारीले क्षेत्रीय प्रशासन कार्यालयमा लगाए आगो



सरकारले बुधबार प्रदेश राजधानी तोकेको विरोधमा धनकुटा र डाेटीको दीपायल तनाबग्रस्त बनेको छ। प्रदेश एकको राजधानी माग गर्दै विरोधमा उत्रिएकाहरुले धनकुटास्थित क्षेत्रीय प्रशासन कार्यालयमा आगो लगाइदिएका छन्।
कार्यालयमा आगजनी हुँदा कम्प्युट, प्रिन्टर जलेर नस्ट भएको प्रहरीले जनाकारी दिएको छ। आक्रोशित प्रदर्शनकारीले कार्यालयका झ्यालढोका समेत तोडफोड गरेका छन्।

बिहान ९ बजे प्रहरीले प्रदर्शनमा हस्तक्षेप गरेको थियो। प्रहरी र प्रदर्शनकारीबीच हुँदा तीन जना घाइते भएका छन्। एसपी सुदीप राजभण्डारी नेतृत्वको प्रहरीले प्रदर्शनकारी पक्राउ गरी भ्यानमा हाल्न थालेपछि भड्किएको भिडले क्षेत्रीय प्रशासन कार्यालय तोडफोड गरेकाे हो।

धनकुटामा अनिश्चितकालीन आम हड्ताल घोषणा गरिएको छ।

दीपायल र सिलगढीमा प्रदर्शन जारी
प्रदेश सातको राजधानी धनगढी तोकेको आक्रोशमा दीपायल बुधबारदेखि अशान्त छ। आक्रोशित भिडले दीपायलको बजार बाहिरी क्षेत्रको सडकमा रहेको एउटा ट्राफिक पोष्ट आगजनी गरेको छ। दीपायलको मुख्य बजार क्षेत्र र सिलगढीमा बिहीबार बिहानैदेखि प्रदर्शन भइरहेको छ। टायर बालेर प्रदर्शनकारीहरुले प्रदेश सातको राजधानी दीपायल बनाउन माग गरिरहेका छन्।

डोटीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले आन्दोलनकारीले प्रहरी चौकी आगजनी गरेको भन्ने झुटो सूचना फैलाइएको नेपालखबरलाई बताए। ‘प्रदेश सातको अस्थायी केन्द्र धनगढी तोक्ने सरकारको निर्णयपछि दीपायल र सिलगढीमा प्रदर्शन भइरहेको छ’, खत्रीले भने, ‘दुवै पक्ष संयमित छन्। चौकी आगो लगाइयो भन्ने सूचना झुटो हो।’ जिल्लाको सुरक्षा स्थिति नियन्त्रणमा रहेको उनले बताए।

प्रदर्शनकारीले सडक अवरुद्ध गरेपछि आवात जावत ठप्प भएको छ। यात्रु मर्कामा परेका छन्। मुख्य बजार, शिक्षण संस्था, सरकार एवं गैरसरकारी संस्थाका कार्यालयहरु बन्द छन्। दीपायल राजधानी माग गर्दै डोटीमा २२ दिन अगाडिदेखि नै आन्दोलन हुँदै आएको थियो। हिजोदेखि अान्दोलन चर्किएको हो।

प्रतिक्रिया दिनुहोस
रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्ने

    सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र

रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्