ओलीलाई स्वागत गर्न विमानस्थलमा चाकडी गर्नेको लर्को,ओलीले देउवालाई यसरी हन्न्दैछन क्षेप्यास्त्र



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचार सकेर आज स्वदेश फर्किदैछन् । नेपालका शीर्ष नेताहरु जुनसुकै उद्देश्यले विदेश जाँदा र फर्कदा विमानस्थलमा पत्रकारहरुसँग केही प्रतिक्रिया दिने गरेका छन् ।

जाने बेलामा विदेश जानुको उद्देश्य र फर्कदा उपलब्धिका बारेमा जानकारी दिने प्रचलन छ । तर यसबाहेक पनि महत्वपूर्ण राजनीतिक अभिव्यक्ति प्राथमिकतामा पर्ने गर्दछ ।

ओली उपचारका लागि बैँकक गएपछि नेपालमा केही राजनीतिक घटनाक्रम अगाडि बढिसकेकाले पनि आज ओलीको बोलीले धेरै अर्थ राख्न सक्छ ।
सरकारले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख हिजो मात्रै तोकेकाले आज ओलीले यस विषयमा पक्कै पनि मुख खोल्नेछन् ।

यसअघि वाम गठबन्धनले सरकारलाई अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्न दबाब दिए पनि त्यहि काम सरकारले गरेपछि भने किन गरेको भने झैँ गरी असन्तुष्टी व्यक्त गरेका छन् । अर्थात वाम गठबन्धनले दोहोरो चरित्र देखाएका छन् ।

ओलीले पनि पक्कै प्रधानमन्त्री शेरबहादुर देउवाको आलेचना गर्ने अनुमान गर्न सकिन्छ ।

राष्ट्रियसभाको निर्वाचन पनि नजिकिदै छ । निर्वाचन आयोगले चुनावी तयारी गरिरहेको छ भने पार्टी एकता गर्ने भनेर प्रक्रियागत रुपमा अगाडि बढेका एमाले र माओवादीले राष्ट्रियसभा चुनावका लागि भागबण्डाको टुङ्गो लगाएका छन् ।

ओलीले समग्रमा पार्टी एकता र नयाँ सरकार निर्माणका बारेमा पनि मुख खोल्ने सम्भावना छ ।

एमालेमा प्रवेश गरेर प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका पूर्व डिआइजी नवरावज सिलवाललाई प्रहरीले पक्राउका लागि खोजिरहेको छ । तर एमालेको संरक्षणमा उनी पक्राउ पर्न नसकेको आरोप लागिरहेका बेला यस विषयमा ओलीले मुख खोले भने त्यो सबैभन्दा महत्वपूर्ण समाचार बन्न सक्छ ।

तर अहिलेसम्म ओलीले सिलवालका बारेमा केही नबोलेकाले आज पनि बोल्ने सम्भावना देखिदैन । यद्यपी पत्रकारको प्रश्न सोझियो भने ओलीले के गर्छन्, त्यो हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...