प्रदेश प्रमुखको नियुक्ती गर्दै राजधानी तोक्न बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु,यी हुन् बैठकले तोक्ने प्रदेश प्रमुख र राजधानी



हाम्रो इकोनोमि

प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी मुकाम तोक्न बालुवाटारमा मन्त्रिपरिषद सुरु भएको छ ।
यसअघि बिहान बसेको बैठकमा सहमति नजुटेपछि आजै दोस्रो पटकलाई बैठक बोलाइएको हो । बिहानको बैठकमा मन्त्रिहरुबीच आ–आफ्नै जिल्लामा अस्थायी मुकाम तोक्नुपर्ने अडान राखेपछि सहमति जुटाउन भन्दै प्रधानमन्त्री देउवाले ५ घण्टाका लागि बैठक स्थगित भएको बताएका थिए ।

३ बजे बस्ने भनिएको दोस्रो बैठक पनि ३ ः ५० मात्रै सुरु भएको छ । पहिलो बैठकमा प्रदेश प्रमुखबारे विषय प्रवेश नै नभएपनि दोस्रो बैठकमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिने कानुन मन्त्री यज्ञ बहादुर थापाले बताए । उनले प्रदेशको अस्थायी राजधानीको साटो प्रदेश कार्यसञ्चालन स्थान भनेर तोकिने पनि बताए ।

सरकारले सबैभन्दा ठूलो दल नेकपा एमाले तथा तेस्रो ठूलो दल माओवादीलाई बाहिर राख्दै सात प्रदेश प्रमुखको चयन प्रक्रिया अघि बढाएको छ।
बालुवाटारमा जारी मन्त्रिपरिषद बैठकमा पेश भएको प्रस्तावमा सात मध्ये चार प्रदेश प्रमुख काँग्रेसले आफू निकटबाट प्रस्ताव गरेको छ भने अन्य तीन दललाइ तीन वटा प्रदेश प्रमुख छुट्याइएको छ। संघीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनता पार्टीलाई एक–एक प्रदेश प्रमुख प्रस्ताव गरिएको छ।

३ बजेको बैठकले सबै नाम सार्जनिक गर्ने सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताए।

भागबण्डा अनुसार प्रदेश २ मा राजपा र प्रदेश ५ मा संघीय समाजवादी फोरमको सिफारिसका आधारमा नाम टुंगो लगाइएको हो। वाम गठबन्धन बाहेकका दलबाट सिफारिस गरिएका नाममाथि बैठकमा छलफल भएको हो। बिहान साढे ९ बजेदेखि बैठक बसेको थियो।

प्रदेश प्रमुखमा कोको?
प्रदेश १ – गोविन्द सुब्बा
प्रदेश २ -उमाकान्त झा
प्रदेश ३ -अनुराधा कोइराला
प्रदेश ४ -बाबुराम कुँवर
प्रदेश ५ -रत्नेश्वर कायस्थ
प्रदेश ६ -चन्द्रकृष्ण घिमिरे
प्रदेश ७ -वसन्तराज मल्ल

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...