सल्यानमा ३३ करोड चार लाख बराबरको सुन्तला उत्पादन



हाम्रो इकोनोमि

यस वर्ष सल्यान जिल्लामा ३३ करोड चार लाख ८० हजार बराबरको सुन्तला उत्पादन भएको छ ।

सुन्तला शुद्धीकरण अभियान, बगैँचा व्यवस्थापन, सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि, मौसमको अनुकूललगायत कारणले यस वर्ष गत वर्षभन्दा १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको छ ।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्माका अनुसार यस वर्ष एक हजार २० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाको बोटबाट सात हजार ३४४ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । गत वर्षभन्दा आठ हेक्टर बढीमा सुन्तला उत्पादन भएको छ ।

गत वर्ष जिल्लामा रु २९ करोड ८१ लाख ३२ हजार बराबरको सुन्तला उत्पादन भएको थियो । करिब ७५ प्रतिशत सुन्तला जिल्ला बाहिर बिक्री गरिएको थियो । उत्पादित सुन्तलालाई बिक्री गर्न कुने समस्या नभएको कृषकले बताएका छन् । उत्पादन भएको सुन्तला दाङ, सुर्खेत, जाजरकोट, नेपालगञ्ज, धनगढी, महेन्द्रनगरलगायत ठाउँमा बिक्री गर्न पठाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
पोल्ट्री व्यवसायीको माइतीघरमा आन्दोलन

    पोल्ट्री व्यवसायीहरु आन्दोलित भएका छन् । साना किसानको विस्थान बन्द गर्नु...

चार पाङ्ग्रे साना सवारीलाई नागढुङ्गा सुरुङमार्ग खुला

    नागढुङ्गा सुरुङमार्ग आजबाट सर्वसाधारणका लागि आंशिक खुला भएको छ । यसअघि...

बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न

    किस्ट टिचिङ हस्पिटल र भारतको मेदान्ता गुरुग्रामको सहकार्यमा सञ्चालित किस्ट–मेदान्ता क्लिनिको–सर्जिकल...

बागमतीमा राप्रपा सांसदलाई दुई थरी निर्देशन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलमा विवाद थप...