काठमाण्डौ फोटोग्राफर संघद्धारा फोटोग्राफी तालिमको आयोजना



हाम्रो इकोनोमि

काठमाण्डाै फाेटाेग्राफर संधकाे अायाेजनामा Primax International, Inc Authorized Distributor on Canon for Nepal,CANON Imaging Academy , Superdigital Baneshwor Colorlab , कालिका फाेटाे एक्सप्रेस प्रा.लि. बसुन्धरा, C.B Mount & Framing Center Pvt Ltd र कल्कि डिजिटल स्टुडियाेकाे सहकार्यमा माघ ६ गते फाेटाेग्राफिक तालिमको अायाेजना गर्ने भएको छ ।

फाेटाेग्राफिक तालिममा उपत्यका भित्रका स्टुडियाे व्यवसायिहरूकाे अत्याधिक सहभागिता हुने कुरा कालिका फाेटाे एक्सप्रेसका संचालकले बताउनुभयो । साथै यस तालिमले व्यवसायी फाेटाेग्राफरलाइ मात्र नभइ अन्य जाे काेहि फाेटाेग्राफिमा इच्छुक हुनेलाइ पनि भाग लिएर यसबाट लाभांवित हुन सक्ने कुरा पनि बताउनु भयाे ।

काठमाण्डौ फोटोग्राफर संध निरन्तर व्यवसायि साथिहरूको सिप विकास र व्यवसायमा आएका उतार चढावलाइ ध्यान दिदै संधको सदस्यको हितमा निरन्तर लागिपरेको छ । यस संस्थाले विगतमा पनि व्यवसायिको हौसला बढाउन विवाह प्रतियोगिता जस्ता हौसला मुलक कार्यक्रम गर्दै संस्थाका साथिलाइ उत्प्रेरणाको उर्जा दिँदै आएको संस्थाका आजिवन सदस्य विक्रम न्यौपाने बताउनु भयो ।

महिलाहरुले पनि यस पेशामा सक्रिय भुमिका निभाउन सक्छिन भन्ने उदेश्यले संस्थाकै सदस्य ललिता खडकाज्युले विभिन्न समयमा महिला फोटोग्राफिक ट्रेनिङ दिँदै आउनु भएको छ । उहाँले संस्थाका साथिहरूको उत्साह र सक्रियताले नै यस संस्थाको हरेक काम सफलताको विन्दुमा पुगेको छ र आगामि दिनमा पनि पुग्ने छ भन्ने जानकारि दिनुभयो । खड्काले सबैलाइ माघ ६ गते विहान बसुन्धरामा अबस्थित मेधा पार्टी प्यालेमा उपस्थिति जनाइदिनु हुन समेत आग्राह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
चार पाङ्ग्रे साना सवारीलाई नागढुङ्गा सुरुङमार्ग खुला

    नागढुङ्गा सुरुङमार्ग आजबाट सर्वसाधारणका लागि आंशिक खुला भएको छ । यसअघि...

बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न

    किस्ट टिचिङ हस्पिटल र भारतको मेदान्ता गुरुग्रामको सहकार्यमा सञ्चालित किस्ट–मेदान्ता क्लिनिको–सर्जिकल...

बागमतीमा राप्रपा सांसदलाई दुई थरी निर्देशन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलमा विवाद थप...

२ वर्षिया बालिका हत्याको घटनामा एक जना पक्राउ

  शम्भुनाथ नगरपालिका.३ ट्राफिक चौकमा दुई वर्षीया बालिका खुशी भनिने सानिया खातुन घरपछाडिको...