नवराज सिलवाललाई हत्कडी लगाउन प्रहरीले ७७ जिल्लामै गर्यो यस्तो सर्कुलर,सिलवाल किन लुके अमेरिकामा



नेपाल प्रहरीले पूवडीआईजी तथा ललितपुर क्षेत्र नं. १ का नवनिर्वाचित सांसद नवराज सिलवाललाई उपस्थित गराइदिन ७७ जिल्लामा सर्कुलर जारी गरेको छ । ३ वटा महानगरीय प्रहरी परिसर र ७४ जिल्लाका प्रहरी कार्यालयलाई प्रहरी मुख्यालयले यस्तो सर्कुलर जारी गरेको हो ।

मुख्यालयले मुलुकी ऐन किर्ते कागजको महलअन्तर्गतको सरकारी कागजात किर्ते मुद्दा अनुसन्धानको सिलसिलामा केही कुरा बुझ्नुपर्ने भएको हुँदा सिलवाललाई खोजतलास गरी उपस्थित गराइदिन भन्दै प्रहरी कार्यालयहरुलाई पत्राचार गरेको हो ।

यसअघि महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवाललाई उपस्थित गराइदिन भन्दै महानगरीय प्रहरी परिसर ललितपुरलाई पत्र काटेको थियो । सिलवाललाई खोज्दै प्रहरी उनको घर पुगे पनि नभेटिएको जानकारी पठाइएको थियो ।

त्यसको एक दिनअघि नै सिलवाल भने आफ्नो पूर्वनिर्धारित कार्यक्रमका लागि मलेसिया पुगेको पारिवारिक स्रोतले जानकारी दिएको थियो । हाल उनी व्यक्तिगत कामको सिलसिलामा अमेरिकामा रहेको पारिवारिक स्रोतको भनाइ छ ।

सिलवालले आफू मलेसिया पुगेपछि मात्र प्रहरीले आफूलाई खोजेको बताउँदै आएका छन् । आफू नेपालमा हुँदासम्म कुनै कारबाही प्रक्रिया अघि नबढाइएको र पूर्वनिर्धारित कार्यक्रममा गएपछि मात्र उपस्थित गराइदिन भन्दै पत्र काटेको सिलवालको भनाइ छ ।

सिलवालले आफू र प्रहरी प्रमुख आईजीपी प्रकाश अर्याल पक्षविपक्ष भएकाले अर्यालले नभई त्यसभन्दा माथिको निकायबाट छानबिन हुनुपर्ने माग राख्दै आएका छन् । आफूले किर्ते नगरेको र किर्ते कसले ग¥यो भनेर छानबिनको माग आफूले नै गरेको सिलवालको भनाइ छ । निष्पक्ष छानबिनलाई सघाउन आफू तयार रहेको सिलवालले बताएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँले ललितपुर प्रहरीलाई ‘नवराज सिलवाललाई तत्काल पक्राउ गरेर उपस्थित गराइदिन’ पत्र काटेसँगै नेपाली मिडियामा एउटा समाचार भाइरल भयो, ‘सिलवाल मलेसिया उडे ।’

सरकारी समाचार एजेन्सीले पनि मलेसिया उडेको समाचार लेखेको थियो ।

तर, त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयको रेकर्डमा पूर्व डीआईजी एवं एमालेका सांसद नवराज सिलवाल एयरपोर्ट बाहिरीएको तथ्य खुल्न सकेको छैन ।
त्रिभुवन विमानस्थल स्थित अध्यागमन कार्यालयमा कार्यरत एक अधिकृतका अनुसार गएको अक्टोबर ४ मा कुनै देशबाट नेपाल आएका सिलवाल त्यसपछि हवाइमार्ग हुँदै विदेश गएका छैनन् ।

उनका निकटस्तहरूले सिलवाल मलेसियाको क्वालालाम्पुरमा आयोजित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीद्वारा आयोजित ‘इस्ट एसियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेन्ट विथ स्पेसियल फोकस टु वुमन’ विषयक कार्यक्रममा भाग लिन गएको दाबी गरेका छन् ।

काठमाडौँ प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकलाई प्रहरी महानिरीक्षक प्रकाश अर्यालले सिलवालमाथिको कारवाही अगाडि नबढाए सरुवा गर्ने चेतावनी दिएको सूचना पाएपछि सिलवाल भारतको बाटो हुँदै क्लालालाम्पुर गएको हुनसक्ने बताइएको छ ।

प्रहरी महानिरीक्षक अर्यालले काठमाडौँ प्रहरी प्रमुखलाई तत्काल पक्राउ गर्न आदेश गरे पनि उनले सिलवाल ललितपुरको गोदावरीमा बस्ने हुनाले आफ्नो कार्यक्षेत्रमा नपरेको भन्दै ललितपुर प्रहरीलाई पत्राचार गरेका थिए ।

उनले बोक्ने गरेको मोबाइल स्विच अफ छ ।

यसैबीच, काठमाडौँ प्रहरीपत्र प्राप्त गरेसँगै ललितपुर प्रहरी प्रमुख (एसएसपी) गणेश ऐरले आफू कानुनअनुसार नै अगाडि बढ्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा

पत्रकार महासंघको निर्वाचन हुन नसकेकोमा सर्वोच्च अदालतको कारण देखाउ आदेश

    नेपाल पत्रकार महासंघको निर्वाचन निर्धारित समयमा हुन नसकेकोमा सर्वोच्च अदालतले कारण

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँछौं : ईश्वर पोखरेल

    नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले देशको भाग्य र भविष्य बनाउन

छविलाल लाई लगियो अदालत

  सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित