संवैधानिक समस्या देखाएर जनादेशलाई पछि पार्न खोजिँदै : नेता महरा



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व उपप्रधानमन्त्री कृष्णबहादुर महराले सरकारले संवैधानिक समस्या देखाएर जनादेशलाई पछि पार्न खोजेको बताएका छन् ।

प्रेस सेन्टर कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेता महराले दुइवटै पार्टीको बीचमा कुनै पनि समस्या पैदा नहोस् भन्ने सोचका साथ राष्ट्रियसभाको निर्वाचनपछि सरकार बनाउने गरी तयारी गरेको बताए ।

सरकारको आजभोलि नै प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने हल्ला गरेको भए पनि उसको नियत राम्रो नदेखिएको उनले बताए निर्वाचनको जनादेशअनुसार दुई पार्टी मिल्नुको विकल्प नभएको बताउँदै उनले यसका लागि दुवै पार्टीका अध्यक्षबीच कुराकानी भएको र पार्टी संयोजन समितिको पनि बैठक बसी छलफल गरिएको उल्लेख गरे ।

सो अवसरमा पूर्व सभामुख एवम् माओवादी केन्द्रकी नेत्री ओनसरी घर्तीले आफू तत्कालीन अवस्थामा सभामुख जस्तो पदीय जिम्मेवारीमा रहेका कारण प्रत्यक्षतर्फबाट चुनाव नलडेको बताए ।

पत्रकार सम्मेलन प्रेस सेन्टर कास्कीका कार्यवाहक अध्यक्ष सन्देश श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस
पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाउने तयारी

     नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको...

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...