देउवालाई केन्द्रीय सदस्यको चेतावनी-विधिले चलेनौं भने हतियार हाबी हुन्छ



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका प्रभावशाली युवा नेता चन्द्र भण्डारीले मुलुक विधि अनुसार चल्न नसके हतियार हाबी हुने भन्दै त्यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिएका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता भण्डारीले यस्तो चिन्ता व्यक्त गरेका हुन् । उनले भने,‘हामी सबै दल गम्भिर बन्नुपर्छ, विधिले चल्न सकेनौं भने हतियार हाबी हुन्छ, यतातर्फ सबैको ध्यान जाओस्।’

साक्षात्कारमा भण्डारीले राजनीति जनताप्रति उत्तरदायी हुनुपर्नेमा समेत जोड दिए । उनले थपे,‘राजनीति भनेको नेताले आफ्नो दुनो सोझ्याउने काम मात्रै होईन, जनताको हालत अहिले के छ ? यतातिर सोच्नुपर्छ, देश र जनताको आर्थिक क्षमता अभिवृद्धि गर्नेतिर सबैले गम्भिर भएर सोच्नुपर्छ ।’
भण्डारीले आफूहरुले जारी गरेको संविधानका हरेक शब्दहरुको व्याख्या अदालतले गर्नुपर्ने अवस्था भएकोले हचुवाको तालमा जे मन लाग्यो त्यही बोल्न नहुने धारणा राखे । आफूले धेरै पहिल्यै नै रिपोर्टर्स क्लबकै साक्षात्कारमा पनि वामपन्थीहरुले जिते भनेपनि सरकार बनाउन धेरै लामो समय लाग्छ भनेर बोलेको कुरा अहिले आएर पुष्टि भएको तर्क गरे ।

उनले भने,‘कम्युनिष्टहरु ईभेन्ट अनुसार बोल्छन्, उनीहरुको विशेषता भनेको नै त्यही हो, हिजो माओवादी र कांग्रेसले मिलेर तयार पारेको अध्यादेश राष्ट्रपतिसामु प्रस्तुत गर्दा त्यसमा वाम गठबन्धनले अड्को थाप्यो, अहिले त्यसकै कारण राष्ट्रिय सभा निर्वाचनमा ढिलाई भयो, यतिबेलासम्म त नयाँ सरकार गठन भैसक्थ्यो, तर के गर्नु उहाँहरुले कुरा बुझ्नुभएन्।’

उनले कांग्रेस पनि विधिले चल्नुपर्नेमा जोड दिए । उनले थपे,‘कांग्रेस पनि विधिले चल्नुपर्यो, कांग्रेस त पाठशाला हो, हाम्रो पाठशालाबाट मदन भण्डारीले सिक्नुभयो, सशस्त्र द्धन्द्ध गरेको पार्टी माओवादीलाई शान्ति प्रक्रियामा ल्याईयो, अहिले हामी संस्कारविहिन भएका छौं, कांग्रेस मियो हो, तर यहाँ विधि हराएको छ।’ उनले चुनाव जित्दैमा कोही पनि माँत्तिन नहुने र हार्दैमा आँत्तिन नहुने धारणा राखे ।

भण्डारीले तत्काल पार्टीको केन्द्रिय कार्यसमिति बैठक बोलाउनुपर्ने बताए । उनले भने,‘केन्द्रिय कार्यसमितिको बैठकले महासमिति बोलाउँछ, महासमितिले अग्र अधिवेशन बोलाउँछ र समय अनुसार चल्न नसकेका नेतालाई विदा गर्छ।’ उनले वाम गठबन्धनको चूनौति सामना गर्नको लागि ७५ वर्ष पूरा भएका कांग्रेस नेताहरुलाई विदा गर्नुपर्ने बताए ।

उनले भने,‘म विस्थापित नै गर्नुपर्छ भन्ने शब्द प्रयोग गर्दिन्, तर कांग्रेस भनेको घर हो, घरका बा–आमालाई जसरी वृद्ध भएपछि मिठो–मिठो खुवाएर आराम गर्न लगाईन्छ, त्यसैगरि कांग्रेसका पाका नेताहरुलाई मिठो खुवाएर विदा गर्न चाहन्छौं।’

तपाईहरुको ७ भाई त फुट्यो नि ? विश्वप्रकाश शर्मा त पार्टीको प्रवक्ता बन्नुभयो र उहाँले कांग्रेस एजले होईन एजेण्डाले चलाउने हो भन्नुभएको छ नि भनेर पत्रकारले सोधेको एक प्रश्नमा भण्डारीले भने,‘हिजो हामी ७ थियौं, अहिले १० बाट १५ हुँदै २५ भएका छौं नि।’ त्यस्तै उनले प्रधानमन्त्री निवास बालुवाटार अहिले मन्त्री, प्रधानमन्त्री भन्दापनि आसेपासेले बढि चलाएको आरोप लगाए ।

उनले तराई, हिमाल र पहाड सबैलाई सम्पन्न गराउनतिर सोच्नुपर्ने बताए । भण्डारीले थपे,‘तराईका नेताहरुले यसबारेमा सोच्नुपर्छ, उहाँहरुले तराईको विकास कसरी गर्न सकिन्छ भनेर सोच्नुपर्छ, बुढीगण्डकीलाई तराईसँग जोड्नुपर्छ, दश वर्षभित्रै हामी सम्पन्न हुन्छौं।’

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...