रामचन्द्रले बनबास पठाउने भएपछी देउवाले माघ ४ गते लाई बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक



नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको समिक्षा लगायतका समसामयिक विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएका छन्।

निर्वाचनमा अनपेक्षित पराजय बेहोरेपछि पार्टीभित्र विभिन्न स्वार्थ समूहले त्यसकोे विषयमा छलफल गरी पार्टीलाई नयाँ गतिमा अघि बढाउनु पर्ने भन्दै आवाज उठाइरहेका बेला सभापति देउवाले माघ ४ गतेका लागि केन्द्रिीय समिति बैेठक बोलाएका हुन्।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सभापति तथा प्रधानमन्त्री देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्धय कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिलाई परामर्शका लागि डाकेका थिए।

नेताहरुसँगको परामर्शपछि सभापति देउवाले निर्वाचनकोे समिक्षा तथा राष्ट्रियसभा सदस्य पदमा उम्मेदवारी छनौटको विषय लगायतका अन्य सांगठनिक विषयमा छलफल गर्न माघ ४ गते बिहान ११ बजे बैठक बोलाउने जानकारी दिएको बालुवाटार स्रोेतले बतायोे।

गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीले अनपेक्षित पराजय बेहोरेपछि पराजयबाट चिन्तित पार्टीका नेतादेखि विभिन्न स्वार्थ समूहमा विभक्त भएका केन्द्रीय सदस्यहरुले त्यसकोे अपजसबाट आफूलाई मुक्त राख्दै नेतृत्वको कार्यशैलीमाथि दोष थोपार्दै आएका छन्।

उनीहरुको आन्तरिक छलफलका क्रममा पार्टी नेतृत्वले छलफलका लागि बैठक नबोलाए लिखित प्रस्तावसहितको माग लिएर जाने धम्की पनि दिँदै आएका थिए।

तर सभापति देउवाले पार्टी केन्द्रीय समितिकोे बैठक डाकेपछि अब कांग्रेसभित्रका समूहका नेताहरुकोे असन्तुष्टि पार्टीभित्रै छलफल गरी त्यसको समाधानका उपाय खोेजिने भएकोे छ।

प्रतिक्रिया दिनुहोस
छविलाल लाई लगियो अदालत

  सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित

श्रीलंकाका राष्ट्रपति अनुराले लिए शपथ

    श्रीलंकाका नवनिर्वाचित प्रथम कम्युनिष्ट राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिएका छन्

रास्वपा कार्यकर्ताको पोखरामा प्रदर्शन

    रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता–कार्यकर्ताले

दुर्गा प्रसाईंका समर्थकले जलाए ३ वटा ट्रक

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा उनका समर्थकले झापामा सवारीसाधन