देउवालाई साइत हेराएर आज ७ वटै प्रदेशका प्रमुख र अस्थायी राजधानी तोक्ने,ज्योतिषीले निकालिदिए ४ बजेलाई उत्तम साइत



हाम्रो इकोनोमि

सरकारले ७ वटै प्रदेशका प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी गरेको छ। यसका लागि छलफल गर्न आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक डाकिएको छ।

निर्वाचन सम्पन्न भएको लामो समय भइसक्दा पनि प्रदेश प्रमुख नियुक्त नहुँदा प्रदेशसभा गठन हुन सकेको छैन। जसले गर्दा राष्ट्रियसभा निर्वाचन प्रभावति बन्दै गएको छ।
राष्ट्रियसभाको मतदाता प्रदेशका सांसद समेत हुने भएकाले उक्त निर्वाचनअघि प्रदेश प्रमुख नियुक्ति हुनुपर्ने संवैधानिक बाध्यता देखिन्छ।

सरकारले माघ २४ गते राष्ट्रियसभाको मिति तय गरिसकेको छ। निर्वाचनमा भाग लिने दलहरुको अन्तिम सूची माघ ५ गते प्रकाशन गर्ने आयोगले तयारी गरेको छ। त्यसअघि नै प्रदेशको समानुपातिक सांसदको किनारा गर्नुपर्ने संवैधानिक बाध्यता निर्वाचन आयोगसमक्ष रहेको छ।

निर्वाचनको अन्तिम परिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्ने व्यवस्थाका कारण दलहरुले समानुपातिक तर्फका सांसदहरुको नाम बुझाए पनि सार्वजनिक हुन सकेको छैन। सरकारले प्रदेश प्रमुख एकलौटी रुपमा नियुक्त गर्दा विवाद आउने भन्दै दलहरुको सहमतिमा सिफारिस गर्ने प्रयास गर्दा ढिलाइ भइरहेको दाबी गर्दै आएको छ। एमाले र माओवादीले भने अस्थायी राजधानी र प्रदेश प्रमुखको विषयमा सरकारले छिटो निर्णय गर्नुपर्ने भनेर दबाब दिँदै आएका छन्।

यता एमालेले माघ ४ गते राष्ट्रिय सभामा उम्मेदवार हुनेको नाम टुंगो लगाउने भएको छ । पार्टी अध्यक्ष केपी ओली स्वास्थ्य उपचारपछि थाइल्यान्डबाट फर्केलगत्तै एमालेले राष्ट्रिय सभामा उम्मेदवार हुनेको नाम छनोट गर्ने भएको हो ।

स्रोतका अनुसार ५६ सदस्यीय निर्वाचित राष्ट्रिय सभा सदस्यमध्ये एमालेबाट २६ जना विजयी हुनेछन् । सोही कारण एमालेमा राष्ट्रिय सभामा जान सयभन्दा बढी नेताहरूले लबिङ सुरु गरेको बताइएको छ ।

सबैभन्दा बढी प्रदेश नम्बर १, ३ र ४ नम्बर क्षेत्रबाट राष्ट्रिय सभामा उम्मेदवार बन्न नेताहरू दौडधूपमा लागेका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अवसर नपाएका नेताहरू अहिले राष्ट्रिय सभामा जान लबिङमा लागेका छन् । प्रदेश र प्रतिनिधिसभाको समानुपातिकमा नपरेका नेताहरूले अहिले धेरै इच्छा देखाएको स्रोतले बतायो ।

प्रदेश नम्बर २ मा एमालेबाट धेरै सदस्य निर्वाचित नहुने भएकाले सो प्रदेशबाट राष्ट्रिय सभामा जान त्यति धेरै इच्छुक देखिएका छैनन् । प्रदेश २ मा एमालेबाट एक वा दुईजना मात्रै राष्ट्रिय सभाको सदस्यमा निर्वाचित हुन सक्ने अवस्था छ ।

राष्ट्रिय सभामा जान लबिङ गर्ने नेताहरूमा अग्नि खरेल, जगन्नाथ खतिवडा, रेवतीरमण भण्डारी, गुरु बराल, सुमन प्याकुरेल, प्रदीप नेपाल, वेदुराम भुसाल, रघुजी पन्त, विष्णु रिमाल, काशीनाथ अधिकारी, आनन्दप्रसाद पोखरेल, डा.गंगालाल तुलाधर, देवशंकर पौडेल, शिवप्रसाद भण्डारी, बालकृष्ण शिवाकोटी, देवी ज्ञवालीलगायत रहेको बताइएको छ ।

यस्तै, गणेश तिमल्सिना, श्रीनाथ बराल, तुलबहादुर गुरुङ, दिपक अधिकारी, वाचस्पति देवकोटा, टुकराज सिग्देल, खिमलाल भट्टराई, ठाकुर गैरे, गोकुल घर्ती, नेत्र पन्थी, युवराज ज्ञवाली, लोकबहादुर डाँगी, निरज आचार्य, शेरबहादुर कुँवर, भानुभक्त जोशीलगायत रहेको स्रोतले बताएको छ ।
एमालेले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पराजितहरूलाई राष्ट्रिय सभा सदस्यमा उम्मेदवार नबनाउने मापदण्ड बनाएको छ । जसका कारण उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभामा जानबाट वञ्चित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
८८ प्रतिशत एमाले नेतृत्व परिवर्तनको पक्षमा

     नेकपा (एमाले) भित्र नीति, नेतृत्व र संगठनात्मक संरचनामा आमूल परिवर्तनको माग...

नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेकोप्रति एमालेको आपत्ति

    नेकपा एमालेले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएकोप्रति आपत्ति...

संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले

    नेकपा (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ बाट...

पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा प्रश्न उठ्यो : नारायणकाजी

  नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको...