मोदीका दुतको फोन पछी ओली बैककमा यसरी रोकिए,प्रचण्ड पुत्री रेणुले दिल्लीमा बाबुलाई प्रधानमन्त्री बनाउन यसरी गर्दैछिन लबिङ्ग



हाम्रो इकोनोमि

भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकारका सदस्य अजित डोलको आग्रहमा नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको बैंकक बसाइ लम्बिएको खुलासा भएको छ ।

भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार समेत रहेका डोभलले ओलीलाई फोन गरेर बिहीबारसम्म बसाइ लम्बाउन आग्रह गरेको उच्च स्रोतले जनाएको छ । भारतीय प्रधानमन्त्री मोदीका विशेष दूतसँगको ओलीले बैंककमा सम्वाद गर्दै आएका छन् । ओलीसँगको सम्बादबारे भारतीय पक्षबाट ठोस निर्णय दिन नसकेकाले ओलीले नयाँ सरकारका विषयमा ग्रिन सिग्नल कुरेर बैंकमा बसेको स्रोतले जनाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नी छोरी रेणु दाहाललाई भारतीय पक्षसँग वार्ता गर्न नयाँ दिल्ली पठाएका छन् । रेणु र भारतीय पक्षबीच हुने सम्वाद र वार्ताका आधारमा ओलीले बैंककमा जवाफ पाउने छन् । आमा सीता दाहालको उपचारका लागि भनेर नयाँ दिल्ली पुगेकी रेणु दाहालले धमाधम भारतीय राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गरिरहेकी छिन् । नियमित स्वास्थ्य जाँचका सिलसिलामा पुस २६ ओली बैंकक प्रस्थान गरेका थिए । अध्यक्ष ओली अब बिहीबार मध्यान्ह साढे १२ बजे काठमाडौं आइपुग्ने उनको निजी सचिवालयले जनाएको छ । ओलीको उपचार भइसकेको छ । उनको स्वास्थ्यमा कुनै समस्या नरहेको बताइएको छ । यता, बाम गठबन्धनको कार्यदलले राष्ट्रिय सभा निर्वाचनका बारेमा आन्तरिक गृहकार्य गरिरहेको छ ।

ओली आउनेवित्तिकै शीर्ष नेताहरूको बैठक बसेर पार्टी एकीकरण र नयाँ सरकारका विषयमा छलफल गर्ने तयारी समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...