मोदीका दुतको फोन पछी ओली बैककमा यसरी रोकिए,प्रचण्ड पुत्री रेणुले दिल्लीमा बाबुलाई प्रधानमन्त्री बनाउन यसरी गर्दैछिन लबिङ्ग



भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकारका सदस्य अजित डोलको आग्रहमा नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको बैंकक बसाइ लम्बिएको खुलासा भएको छ ।

भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार समेत रहेका डोभलले ओलीलाई फोन गरेर बिहीबारसम्म बसाइ लम्बाउन आग्रह गरेको उच्च स्रोतले जनाएको छ । भारतीय प्रधानमन्त्री मोदीका विशेष दूतसँगको ओलीले बैंककमा सम्वाद गर्दै आएका छन् । ओलीसँगको सम्बादबारे भारतीय पक्षबाट ठोस निर्णय दिन नसकेकाले ओलीले नयाँ सरकारका विषयमा ग्रिन सिग्नल कुरेर बैंकमा बसेको स्रोतले जनाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नी छोरी रेणु दाहाललाई भारतीय पक्षसँग वार्ता गर्न नयाँ दिल्ली पठाएका छन् । रेणु र भारतीय पक्षबीच हुने सम्वाद र वार्ताका आधारमा ओलीले बैंककमा जवाफ पाउने छन् । आमा सीता दाहालको उपचारका लागि भनेर नयाँ दिल्ली पुगेकी रेणु दाहालले धमाधम भारतीय राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गरिरहेकी छिन् । नियमित स्वास्थ्य जाँचका सिलसिलामा पुस २६ ओली बैंकक प्रस्थान गरेका थिए । अध्यक्ष ओली अब बिहीबार मध्यान्ह साढे १२ बजे काठमाडौं आइपुग्ने उनको निजी सचिवालयले जनाएको छ । ओलीको उपचार भइसकेको छ । उनको स्वास्थ्यमा कुनै समस्या नरहेको बताइएको छ । यता, बाम गठबन्धनको कार्यदलले राष्ट्रिय सभा निर्वाचनका बारेमा आन्तरिक गृहकार्य गरिरहेको छ ।

ओली आउनेवित्तिकै शीर्ष नेताहरूको बैठक बसेर पार्टी एकीकरण र नयाँ सरकारका विषयमा छलफल गर्ने तयारी समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस
छविलाल लाई लगियो अदालत

  सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित

श्रीलंकाका राष्ट्रपति अनुराले लिए शपथ

    श्रीलंकाका नवनिर्वाचित प्रथम कम्युनिष्ट राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिएका छन्

रास्वपा कार्यकर्ताको पोखरामा प्रदर्शन

    रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता–कार्यकर्ताले

दुर्गा प्रसाईंका समर्थकले जलाए ३ वटा ट्रक

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा उनका समर्थकले झापामा सवारीसाधन