आजबाट विकास बैंकको ५ लाख ३८ हजार कित्ता संस्थापक सेयर लिलामीमा



हाम्रो इकोनोमि

सिन्धु विकास बैंकले हकप्रदमा अवितरित ५ लाख ३८ हजार ३०२ कित्ता संस्थापक सेयरको लिलामी खुलाएको छ । बैंकले माघ २ गतेदेखि १० गतेसम्म लिलाम बढाबढमा उक्त सेयर विक्री गर्न लागेको हो ।

बैंकले गत भदौ १८ देखि कात्तिक ५ गतेसम्म ८० प्रतिशत हकप्रद बिक्री गर्दा अवितरित सेयर लिलामी बढाबढमा विक्री गर्न लागेको हो ।

बैंकको सेयर विक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले एनआईबिएल क्यापिटल मार्केट्स लाजिम्पाट, शाखा कार्यालयहरु लगनखेल र पोखराको चिप्लेढुङ्गाबाट लिलामी आवेदन गर्न सक्नेछन् ।

त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, वीरगञ्ज, सुर्खेत, नेपालगञ्ज, बुटबल, नारायणगढ र धनगढीबाट समेत लिलामी भर्न सकिने बिक्री प्रवन्धकले जनाएको छ ।

२६ करोड २१ लख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले चालू आवको प्रथम त्रैमासमा १० लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी एक रुपैयाँ ६८ पैसा कायम गरेको छ । हकप्रद पूँजीकरणपछि बैंकको पूँजी ४७ करोड १९ लाख नाघ्नेछ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...