सोमबार स्वेदश फर्कने भनेका ओली बिहिबार मात्र स्वदेश फर्कने भए,ओलीको बैकक बसाइ किन लम्बियो



नियमित स्वास्थ्य परिक्षणका लागि २६ पुसमा बैंकक गएका एमाले अध्यक्ष केपी शर्मा ओली माघ ४ गते दिउँसो मात्र स्वदेश फर्कने भएका छन्।
बैंककमै रहेका प्रेस संयोजक चेतन अधिकारीले अध्यक्ष ओली माघ ४ गते बिहिबार दिउँसो १२ः३० बजे मात्र स्वेश फर्कने जनाएका हुन्।

बैंकक तर्फ प्रस्थान गर्नुअघि ओलीले आफू २ माघमा काठमाडौं फर्कने बताएका थिए।
ओलीको अनुपस्थितिमा एमाले–माओवादी एकता र संयुक्त कार्यदलको कामले गति लिन सकेको छैन।

एमाले प्रचार विभागका सचिव विष्णु रिजालले अध्यक्ष ओलीको स्वास्थ्यस्थिति राम्रो रहेको र केही दिन बैंककमै आराम गर्ने जनाएका थिए।
ओलीको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि उनको साथमा गएका दुई चिकित्सक पनि काठमाडौं फर्किसकेका छन्। तीमध्ये डा. दीब्या सिंह शनिबार नै काठमाडौं फर्किन् भने डा. यादव भट्ट आइतबार काठमाडौं फर्केका छन्।

डाक्टरहरुको फिर्तीले पनि ओलीको स्वास्थ्यमा कुनै समस्या नरहेको देखाएको छ।
नियमित स्वास्थ्य परिक्षण सकिए पनि ओलीले बैंकक बसाईलाई लम्ब्याउनुको प्रष्ट कारण खुलेको छैन।

 

स्वास्थ्य परिक्षणका लागि २६ पुषमा बैंककतर्फ प्रस्थान गर्नुअघि राष्टिय सभा निर्वाचन र प्रदेश सरकार निर्माणका सम्बन्धमा गठित एमाले माओवादी केन्द्रको संयुक्त कार्यदलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए, ‘कार्यदलले गर्नुपर्ने काम गर्दै गरोस्, बाँकी थप निर्णय गर्नुपर्ने भए म ब्यांककबाट फर्केपछि गरौंला।’

त्यसक्रममा उनले आफू २ माघमा काठमाडौं फर्कने जानकारी पनि गराएका थिए।

२ माघमा फर्कने बताएपनि ओली थप केही दिन बैंककमै रहनसक्ने एमाले प्रचार विभागका सचिव विष्णु रिजालले जनाएका छन्। आइतबार बिहान बैंककस्थित ओली रहेको एउटा होटलमा उनलाई भेटेका रिजालले सामाजिक सञ्जालमा भनेका छन् ‘ओलीको स्वास्थ्यस्थिति एकदम राम्रो छ। तर, उहाँ थप केही दिन ब्यांककमै आराम गरेर बस्नु हुनेछ।’

स्वास्थ्य परिक्षण (उपचार होइन) का लागि बैंकक गएका ओलीको स्वास्थ्यमा कुनै समस्या नरहेको देखिएपछि उनको साथमा गएका दुई चिकित्सकहरु पनि काठमाडौं फर्किसकेका छन्। तीमध्ये डा दीब्या सिंह शनिबार नै काठमाडौं फर्किन् भने डा यादव भट्ट आइतबार फर्के। डाक्टरहरुको फिर्तीले पनि के बताउँछ भने ओलीको स्वास्थ्यमा कुनै समस्या छैन।

परीक्षणबाट स्वास्थ्य स्थिति ठीक रहेको प्रतिवेदन आएको छ, त्यस्तो प्रतिवेदनपछि ओली बैंकक बसाईलाई किन लम्ब्याउने योजनामा छन् त? जानकारहरुका भनाईमा, ओली थप केही दिन बैंककमै रहन चाहनुमा तीन कारण छन् :

कारण १: स्वास्थ्य ठीक तर शरीर कमजोर
एमाले माओवादीबीचको पार्टी एकता संयोजन समितिको बैठक बस्यो, २६ पुषमा। खासमा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यसअघि नै बैठक बस्ने योजनामा थिए। तर ओलीलाई चिसोले समात्यो। त्यही कारण डायरियापनि हुन पुग्यो। त्यसले गर्दा ओली २३ दिन थलिए, कसैसँग भेटघाट नै गरेनन्।

मृगौला प्रत्यारोपण गरेका ओली चिसो र डायरियाका कारण गले। जब अलिकति ठीक भयो, त्यसपछिमात्र संयोजन समितिको बैठक डाकियो। बैठक डाकिएपनि ओलीको शारीरिक स्थिति चाहिँ निकै कमजोर भइसकेको थियो, त्यसैले केही भइहालेको छ कि भनेर बैंकक जाने निर्णय गरियो। शारीरिक अवस्था अझै कमजोर नै रहेकाले ओली उहीँ केही दिन रहने र पूर्ववत स्थितिमा पुगेपछि फर्कने सोचाईमा छन्।

कारण २: सरकार परिवर्तनमा लाग्ने समय
प्रतीक्षारत प्रधानमन्त्री हुन् ओली। तर, सरकारले प्रदेश प्रमुख चयनमा ढिलाई, राष्टिय सभा निर्वाचनको मिति झण्डै एक महिना पर धकेलिनु, त्यसपछि निर्वाचनको परिणाममा हुनसक्ने ढिलाई आदिका कारण के देखिंदैछ भने ओलीको नेतृत्वमा सरकार बन्न कम्तिमा माघ दोस्रो हप्ता कुर्नुपर्ने स्थिति छ। अरुका लागि त लम्बिँदो यो स्थिति अत्यासलाग्दो भइसकेको छ भने ओलीका लागि झन् अत्यास लाग्ने भइहाल्यो।

यो विरक्तिपना ओलीले काठमाडौंमै रहँदापनि आफ्नो निकटस्थहरुलाई सुनाउने गरेका थिए। सत्ता हस्तान्तरण गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको ढिलाईप्रति ओलीले गर्ने सार्वजनिक कटाक्षले पनि ओलीको मनस्थिति बुझन् सकिन्छ। झण्डै डेढ महिनालामो यस्तो विरक्त लाग्दो समय उनी उतै आराम र घुमफिर गरेर बिताउन चाहन्छन्।

कारण ३: आसेपासेहरुको घेरा
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनबाट विय प्राप्त गरेसँगै एमाले माओवादी केन्द्रका शीर्ष नेताहरु एउटा कुराबाट हैरान छन्, कुमार प्रबृत्तिका व्यक्तिहरुको आफ्नो घर घुम्ने क्रम। राष्टिय सभामा पुग्न, प्रदेशको मुख्यमन्त्री, उपमुख्यमन्त्री र सभामुख बन्न ती व्यक्तिहरु दिनहुँजसो नेताको घर धाउँछन् र नेताको चाकडी गरेर यी पद हत्याउन चाहन्छन्। सबैभन्दा ठूलो पार्टीका अध्यक्ष र हुनेवाला प्रधानमन्त्री हुनुको नाताले यो प्रबृत्तिबाट ओली सबैभन्दा धेरै हैरान छन्।

प्रधानमन्त्री देउवाले सत्ता हस्तान्तरणका लागि ढिलाई गरिदिँदा आफै हायलकायल भइसकेका ओलीकहाँ पुगेर यसरी आफ्नो पद सुरक्षित गर्न खोज्ने प्रबृत्तिका व्यक्तिहरुका कारण झन् हैरान छन् ओली। काठमाडौं फिर्नासाथ ती व्यक्तिहरु स्वास्थ्यलाभको कामना गर्ने नाममा ओली निवास पुगिहाल्छन्। ओली निकटका व्यक्तिहरूका भनाईमा, मंगलबार ९२ माघ० मा फर्कने योजना भएपनि बैंकक बसाई लम्बिनुको अर्को कारण यो पनि हो।

प्रतिक्रिया दिनुहोस
छविलाल लाई लगियो अदालत

  सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित

श्रीलंकाका राष्ट्रपति अनुराले लिए शपथ

    श्रीलंकाका नवनिर्वाचित प्रथम कम्युनिष्ट राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिएका छन्

रास्वपा कार्यकर्ताको पोखरामा प्रदर्शन

    रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता–कार्यकर्ताले

दुर्गा प्रसाईंका समर्थकले जलाए ३ वटा ट्रक

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा उनका समर्थकले झापामा सवारीसाधन