काठमाडौँमै मन्दिरमा लगेर दिन दहाडै महिलाको यसरी भयो हत्या



हाम्रो इकोनोमि

बल्खुस्थित मन्दिरमा लगेर एक महिलाको हत्या गरिएको छ। नुवाकोट घर भएकी अप्सरा तामाङको आइतबार दिउँसो हत्या भएको हो। बल्खुको भुवनेश्वरी मन्दिर परिसरमा उनको ढुङ्गाले हानेर हत्या भएको हो। करिब ४० वर्षीया तामाङ ज्यामी काम गर्दै आएको खुलेको छ। उनी श्रीमान्‌सँग छुट्टिएर बस्दै आएकी थिइन्।

 

टाउकोमा ढुङ्गाले हानेर हत्या गरिएको अवस्थामा उनको शव भेटिएको महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी प्रदीप क्षत्रीले बताए।

महानगरीय अपराध महाशाखाले केही शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ। घटनास्थलमै उनको मोबाइल फेला परेकाले सोही मोबाइलका आधारमा प्रहरीले अनुसन्धान गरी केही शंकास्पद व्यक्तिलाई पक्राउ गरेको हो।

एक व्यक्तिले कुरा गर्न भनेर मन्दिरमा पुर्‍याएको र हत्या गरेको अनुसन्धानमा देखिएको छ। चिनजानकै व्यक्तिबाट हत्या भएको हुनसक्ने प्रहरी अधिकारीहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...