यी हुन् ‘रअ’को एजेन्ट बनाउने भन्दै काठमाडौैंमा तीन सय युवालाई ठगी गर्ने रमाकान्त



हाम्रो इकोनोमि

भारतको बाह्य गुप्तचर निकाय रिसर्च एण्ड एनालाइसिस विङ (रअ)का भर्ना गरेको भन्दै नक्कली नियुक्तिपत्र दिई एक व्यक्तिले काठमाडौंका तीन सय भन्दा धेरै युवाहरुलाई ठगी गरेका छन्। मासिक ५० हजार भारु तलब हुने गरी रअको एजेन्टमा नियुक्त गरेको भन्दै नाटकीय शैलीमा ठगी गरिएको हो।

ठगी गर्ने सप्तरीका रमाकान्त नौनियालाई महानगरीय अपराध महाशाखाले आइतबार पक्राउ गरेको छ। महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीका अनुसार जागिर लगाइदिएवापत ४ महिनाको तलब आफुलाई दिनुपर्ने भन्दै उनले ठगी गरेका हुन्।
नियुक्तिपत्र दिएपछि सूचना संकलनका लागि उनले युवाहरुलाई विभिन्न एरिया तोकेर खटाएका समेत थिए। भारतीय दुतावासकै नक्कली लेटरप्याड बनाएर उनीहरुलाई नियुक्ति दिइएको थियो।

पछि उनी सम्पर्क विहिन भएपछि रअको एजेन्टमा नियुक्त भएकाहरु प्रहरीमा पुगेका थिए। हालसम्म एक दर्जन उजुरी आएको र नौनियाले तीन सय भन्दा धेरै व्यक्तिहरुलाई त्यसरी ठगी गरेको देखिएको एसएसपी लोहनीले बताए।
अभियुक्त नोनिया बैदेशिक रोजगारीमा कुबेत पुगेर फर्किएका व्यक्ति हुन्। उनलाई ठगी मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...