बामदेवलाई तगारो लगाएका ओलीको चाकडी गर्दै राष्ट्रिय सभामा सांसद हुन् गति छोडेर लाग्ने यी हुन् २६ भाई



हाम्रो इकोनोमि

एमालेले माघ ४ गते राष्ट्रिय सभामा उम्मेदवार हुनेको नाम टुंगो लगाउने भएको छ । पार्टी अध्यक्ष केपी ओली स्वास्थ्य उपचारपछि थाइल्यान्डबाट फर्केलगत्तै एमालेले राष्ट्रिय सभामा उम्मेदवार हुनेको नाम छनोट गर्ने भएको हो ।

स्रोतका अनुसार ५६ सदस्यीय निर्वाचित राष्ट्रिय सभा सदस्यमध्ये एमालेबाट २६ जना विजयी हुनेछन् । सोही कारण एमालेमा राष्ट्रिय सभामा जान सयभन्दा बढी नेताहरूले लबिङ सुरु गरेको बताइएको छ ।

सबैभन्दा बढी प्रदेश नम्बर १, ३ र ४ नम्बर क्षेत्रबाट राष्ट्रिय सभामा उम्मेदवार बन्न नेताहरू दौडधूपमा लागेका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अवसर नपाएका नेताहरू अहिले राष्ट्रिय सभामा जान लबिङमा लागेका छन् । प्रदेश र प्रतिनिधिसभाको समानुपातिकमा नपरेका नेताहरूले अहिले धेरै इच्छा देखाएको स्रोतले बतायो ।

प्रदेश नम्बर २ मा एमालेबाट धेरै सदस्य निर्वाचित नहुने भएकाले सो प्रदेशबाट राष्ट्रिय सभामा जान त्यति धेरै इच्छुक देखिएका छैनन् । प्रदेश २ मा एमालेबाट एक वा दुईजना मात्रै राष्ट्रिय सभाको सदस्यमा निर्वाचित हुन सक्ने अवस्था छ ।

राष्ट्रिय सभामा जान लबिङ गर्ने नेताहरूमा अग्नि खरेल, जगन्नाथ खतिवडा, रेवतीरमण भण्डारी, गुरु बराल, सुमन प्याकुरेल, प्रदीप नेपाल, वेदुराम भुसाल, रघुजी पन्त, विष्णु रिमाल, काशीनाथ अधिकारी, आनन्दप्रसाद पोखरेल, डा.गंगालाल तुलाधर, देवशंकर पौडेल, शिवप्रसाद भण्डारी, बालकृष्ण शिवाकोटी, देवी ज्ञवालीलगायत रहेको बताइएको छ ।

यस्तै, गणेश तिमल्सिना, श्रीनाथ बराल, तुलबहादुर गुरुङ, दिपक अधिकारी, वाचस्पति देवकोटा, टुकराज सिग्देल, खिमलाल भट्टराई, ठाकुर गैरे, गोकुल घर्ती, नेत्र पन्थी, युवराज ज्ञवाली, लोकबहादुर डाँगी, निरज आचार्य, शेरबहादुर कुँवर, भानुभक्त जोशीलगायत रहेको स्रोतले बताएको छ ।
एमालेले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पराजितहरूलाई राष्ट्रिय सभा सदस्यमा उम्मेदवार नबनाउने मापदण्ड बनाएको छ । जसका कारण उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभामा जानबाट वञ्चित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाउने तयारी

     नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको...

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...