नेप्से ९ अंकले ओरालो लाग्दा सबैभन्दा बढी चिलिमेका लगानीकर्ताले कमाए



हाम्रो इकोनोमि

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० को कारोबार मापक सूचक ९.१९ अंकले घटेर १४३१.१० अंकमा ओर्लिएको छ।

बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । आइतबार कुल १५२ कम्पनीको ३२ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन ९ लाख ७० हजार कित्ता सेयर किनबेच भएका छन् ।

उपसुचक मिस्रित देखिएका छन्। नौ समुहको कारोबारमा दुई समूह बढेका छन् भने सात समूह घटेका छन्। बैंक ८.८, होटल २५.९८, विकास बैंक २०.७९, फाइनान्स ९.७६, बीमा ९७.७९, उत्पादन मुलक ४८.५१ र लघुवित्त २६.३ अंकले घटेका छन्। जलाबिद्युत ५५.३७ र अन्य ३.६६ अंकले बढेका छन्।

झण्डै दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी चिलिमे हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । सो दिन यस हाइड्रोका लगानीकर्ताले करिब ७ (अर्थात ६.९५)प्रतिशत कमाएका छन् । आइतबार यस कम्पनीका सेयर मूल्य ६२ रुपैयाँले बढेर प्रतिकित्ता ९५४ रुपैयाँ पुगेको छ । उता सेन्ट्रल फाइनान्सका लगानीकर्ताले भने सबैभन्दा बढी (अर्थात ६.२९ प्रतिशत) गुमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...