बिपीको कांग्रेसलाई पुनर्निर्माण गर्ने भन्दै यसरी सुनाए कांग्रेस प्रबक्ताले आम कांग्रेसीलाई खुसीको खबर,विश्वप्रकाशको पहलमा अब यस्तो हुदैछ कांग्रेस



नेपाली कांग्रेसका नवनियुक्त प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले हालै सम्पन्न निर्वाचनमा व्यहोरेको हारको आवेगमुक्त भएर समिक्षा गर्नको लागि तत्काल केन्द्रीय कार्य समितिको बैठक बस्ने जानकारी दिए ।

उनले भने, ‘केन्द्रीय कार्यसमिति बैठक चाँडै बस्छ, हामी आन्तरिक गृहकार्यमा जुटिसकेका छौं, प्रवक्ताको हैसियतमा म फेरि भन्छु, केन्द्रीय कार्यसमिति बैठक बस्छ, कार्यसमितिको बैठकपछि महासमिति हुँदै विशेष महाविधेशनसम्म जान सकिन्छ ।’

आईतबार रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा बोल्दै प्रवक्ता शर्माले पार्टी पराजयको बारेमा गम्भीर समिक्षा गर्नुपर्ने र पार्टीलाई पूर्नजीवन दिलाउन अब बस्ने केन्द्रीय कार्य समितिको बैठकले ठोस निर्णय लिने पनि विश्वास दिलाए । उनले थपे, ‘पहिला केन्द्रीय कार्यसमितिको बैठक बस्छ, त्यसपछि सोही बैठकले महासमिति बोलाउनेबारे निर्धारण गर्छ ।’

शर्माले कांग्रेस अब रुपान्तरण हुने स्पष्ट पारे । उनले थपे, ‘हामी बदलिन्छौं, आवेगमुक्त भएर समिक्षा गर्छौं, किनकी कांग्रेसले पहिलोपटक हार व्यहोरेको होईन, त्यसैले विरामीलाई पहिले अस्पताल पुर्याउनुपर्छ, अनिमात्रै सही उपचार हुन्छ, अस्पताल नै नलगीकन घरमै राखेर मेडिसिन दिन थालियो भने सही डाईग्नोशिस हुन सक्दैन् ।’ उनले कांग्रेसलाई नवजीवन दिने समय आएको पनि बताए । उनले भने, ‘हामी बदलिन्छौं, अब पुनर्निर्माणको अभियान सुरु हुन्छ ।’

पार्टी प्रवक्ता भए पनि ७ भाईबीच फाटो आउँदैन त भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भने, ‘७० वर्ष कटेका पार्टी नेता राजनीतिबाट रिटायर्ड हुनुपर्छ र त्यो नै अहिलेको सन्दर्भमा बेस्ट मेडिसिन हो भन्ने केही साथीहरुलाई लाग्यो, मैले त्यसैबेला राजनीतिलाई एज (उमेर) ले होइन एजेण्डाले ड्राइभ गर्छ भनेको थिएँ । त्यसैले सत्तरी कटेकाले छाड्नुपर्छ, यति कटेकाले बस्नुपर्छ भन्ने भन्दा पनि एजेण्डाले डा«ईभ गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।’

उनले आफूहरु ७ जनाले हस्ताक्षर गरेर विज्ञप्ती जारी गर्दैगर्दाको प्रसँग उल्लेख गर्दै त्यतिवेला कुनै क्लब गठन गर्नको लागि हस्ताक्षर नगरिएको स्पष्ट पारे । उनले भने, ‘हामीले गुटको गठन गरेको होईन ।’ उनले अघि थपे, ‘सातजनाको विज्ञप्तिमा त्यो पनि छैन । सातजनाको विज्ञप्तिमा जे छ त्यसको स्पिरिटप्रति म अहिले पनि प्रतिवद्ध छु । त्यो भनेको केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्छ, गम्भीर आत्मसमिक्षा गर्नुपर्छ, महासमितिको बैठकमार्फत त्यसलाई कार्यान्वयन गर्ने प्रकृयामा जानुपर्छ ।’

आगामी दिनमा कांग्रेस सुदृढ बन्ने दिशामा जाने विषय व्यक्तिगत भन्दा पनि समुहगत कुरा भएको उनको तर्क थियो । शर्माले थपे, ‘यो सिंगो कांग्रेसको कुरा हो । युवाको वा पाकाको भन्ने होइन । नेपाली कांग्रेसलाई आज ठूलो क्षति भएको छ भन्नेमा सबै सहमत छन्, पार्टीमा रुपान्तरण जरुरी छ भन्नेमा सबै सहमत हुनुहुन्छ, प्रवक्ताका रुपमा पार्टीका नीति, कार्यक्रम र सन्देशलाई सम्प्रेषण गर्ने कुरामा पनि म अझ गम्भीर भएर लाग्छु ।’

एमाले–माओवादी केन्द्रवीचको वाम गठबन्धन भत्काउन प्रधानमन्त्रीमा कसैलाई प्रस्ताव नगरिएको उनले जिकिर गरे । उनले थपे,‘सडकमा कसले कुन सन्दर्भमा के बोल्नुभयो भन्ने कुराको जवाफ मैले कांग्रेस प्रवक्ताका रुपमा दिनु उचित हुँदैन । नेपाली कांग्रेस जनताले दिएको म्याण्डेट बमोजिम प्रतिपक्षमा बस्नेतर्फ नै गम्भीरतापूर्वक लाग्छ ।’

उनले आधिकारिक रुपमा कांग्रेसले कसैलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने भनेर कुनै निर्णय नगरेको पनि स्पष्ट पारे । उनले एमाले–माओवादीवीच एकता होस् भन्ने पक्षमा नै रहेको सुनाए । ‘हामी शुभकामना दिन्छौं, उहाँहरुवीच एकता होस्’ उनले भने ।

उनले आफ्ना अभिव्यक्ति अब पार्टीको अभिव्यक्ति भएको उल्लेख गर्दै भने,‘पार्टीमा जो बदलिन्छन्, तीनीहरुले नेतृत्व लिन्छन्, जो बदलिँदैनन् तीनले विदा लिन्छन्।’ उनले युवा पुस्ता भन्दापनि आफू प्रवृत्तिले पार्टीलाई चलाउनु पर्छ भन्ने पक्षमा रहेको सुनाए । उनले भने, ‘युवाहरुले उठाएका धेरै मुद्दाहरु कांग्रेसले सम्बोधन गरेको छ, चुनाव हारेलगत्तै पार्टीले मलाई प्रवक्ता बनायो, यो पनि युवाहरुको माँग पूरा भएको भनेर बुझ्न सकिन्छ ।’

सरकारले चाँडै प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने उनले विश्वास दिलाए । शर्माले भने, ‘यो सरकारले सबै काम सहमतिबाट गर्न खोजेको छ, तर जिम्मेवार दलका अध्यक्षले नै यो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखबाट सपथग्रहण गर्दैनौं भन्नुभयो, यसका बावजुद पनि प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति खोजिरहनुभएको छ ।’ उनले जाँदै गरेको सरकार भन्दापनि आउँदै गरेको सरकार गम्भिर हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
श्रीलंकाका राष्ट्रपति अनुराले लिए शपथ

    श्रीलंकाका नवनिर्वाचित प्रथम कम्युनिष्ट राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिएका छन्

रास्वपा कार्यकर्ताको पोखरामा प्रदर्शन

    रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता–कार्यकर्ताले

दुर्गा प्रसाईंका समर्थकले जलाए ३ वटा ट्रक

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा उनका समर्थकले झापामा सवारीसाधन

प्रधानमन्त्री ‌ओली र भारतीय प्रधानमन्त्री मोदीबीच न्युयाेर्कमा भेटवार्ता

    संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त