देउवाले यसरी अझै सत्ता लम्ब्याउने जुक्ती निकाले,प्रदेश प्रमुख नियुक्त गर्न आनाकानी गर्दै माघ २४ को राष्ट्रिय सभाको चुनाब धकेल्ने यस्तो छ दाउ



लामो विवादपछि राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेश त राष्ट्रपतिले प्रमाणीकरण गरिन् ।
तर, त्यसपछि पनि प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा सरकारले निर्णय लिन सकेन ।

राष्ट्रिय सभा निर्वाचनका लागि माघ २४ गतेको दिन तय भैसकेको छ । त्यसका लागि माघ ७ गते अन्तिम नामवली प्रकाशन गर्ने दिन छ । तर, अहिलेसम्म प्रदेश सांसदलाई सपथ खुवाउने स्थान र व्यक्ति नियत्ति भएका छैनन् । राष्ट्रिय सभाका लागि स्थानीय तहका प्रमुख/उप्रमुख सहित दुई हजार ५६ मतदाता रहेका छन् ।

यस्तो अवस्थामा माघ ६ गतेसम्म प्रदेश संसदले सपथ लिन पाएनन् भने स्वत आयोगको निर्वाचन कार्यतालिका हेरेफेर हुनेछ ।एक मन्त्रीले चाहिँ सर्वदलीय सहमतिका लागि सरकार प्रयासरत रहेको बताए । सिंचाइमन्त्री सञ्जय गौतमले यस अघिको सर्वदलीय वैठकमा विपक्षले आफ्नो राय दिएको तर सरकारलाई सर्वाधिकार नदिएको जनाए ।

यसअघि प्रधानमन्त्रीले बोलाएको सर्वदलीय वैठकमा सवै दलले अस्थायी केन्द्र र प्रदेश प्रमुख तोकेर जान सुझाव दिएका थिए । त्यति मात्र होइन राष्ट्रपतिले समेत प्रधानमन्त्रीलाई यी काम गर्न ‘दबाब’ दिएकी छिन् ।
काँग्रेस नेता बालकृष्ण खाँणले एमालेका कारण नै विलम्ब भएको दावी गरे । ‘सरकारले तोकेकासँग सपथ खादैनौँ भन्दै शुरुमा रोकियो । अन्तिममा आएर सरकारलाई नै स्विकृति दियौँ भनियो । यहीँकारण प्रक्रिया लम्विएको हो,’ उनले भने ।

सर्वदलीय वैठकमा सरकारले तोकेका प्रदेश प्रमुखबाट आफ्ना सांसदले सपथ नलिने अभिव्यक्ति एमाले अध्यक्ष ओलीले दिएको बताइएको थियो । तर, एमालले औपचारिक रुपमा यस्तो भनेको थिएन ।

यस्तो निर्णयमा राजनीतिक सहमति खोज्नुपर्ने भएपनि सरकारले यसतर्फ पनि खासै ध्यान दिएको छैन । बरु, बामगठबन्धनले छिटो टुंगाउन दवाव दिएका छन् ।

पुष १९ मा सर्वदलीय स्वीकृति पाएसँगै प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्न भन्दै मन्त्रिपरिषद बैठक पनि बोलाइयो । तर, त्यस विषयमा कुनै निर्णय गरिएन । पुष २१ मा बसेको मन्त्रिपरिषदमा बैठकले माघ २४ मा राष्ट्रिय सभाको निर्वाचन गर्ने मिति तय गरि बैठक सकियो ।

पुष २१ को मन्त्रिपरिषद बैठकपछि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्को पटक बस्ने मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने बताइएका थिए ।
गत विहिवार मन्त्रिपरिषद बैठक बस्ने भनिएपनि अनितम समयमा एक दिनका लागि सारियो । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले यी विषयमा कुनै निर्णय गरेन ।

राष्ट्रिय रुपमा योगदान गरेका व्यक्तिलाई प्रदेश प्रमुख तोक्न आग्रह गरिएको काँग्रेस नेता खाँणले बताए । काँग्रेसमा आस्थावानलाई प्रदेश प्रमुखको जिम्मेवारीमा नल्याउन प्रधानमन्त्रीलाई सुझाएको उनले बताए ।
सिञ्चाई मन्त्री गौतमले राष्ट्रिय सभाको निर्वाचन कार्यतालिका प्रभावित नहुने गरि प्रदेश प्रमुख र प्रदेश राजधानी छिटो
तोकिने बताए ।

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपछि सरकारमाथि प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने दवाव बढेको छ ।

आयोगका तालिका अनुसार जाँदा पनि अन्तिममा माघ ६ गतेसम्म प्रदेश सांसदलाई सपथ खुवाईसक्नुपर्नेछ ।

किनभने, सपथ नखाई उनीहरु राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता हुँदैनन् । आयोगले माघ ७ गते मतदाता नामवली सार्वजनिक गर्ने कार्यसूचि अगाडि सारेपछि कम्तीमा त्यसको एक दिन अगाडि प्रदेश सांसदलाई सपथ खुवाउनुपर्नेछ ।तर, अहिलेसम्म सरकारले प्रदेश प्रमुखको नियक्ति र प्रदेशको अस्थायी राजधानी तोेकेको छैन् ।
यसैले अवको एक सातामा प्रदेश सांसदले सपथ लिने सम्पूर्ण तयारी पुरा गर्ने दवाव सरकारमाथि दवाव परेको छ ।

आयोगले तयार पारेको राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्बन्धी कार्यतालिका अनुसार सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भैसकेका छन् । निर्वाचन माघ २४ गते हुनेछ । यसका लागि माघ ७ गते मतदाता नामवली सार्वजनिक र माघ १० गते उम्मेदवारी दर्ताको समय तय भएको छ ।

माघ १५ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । आयोगमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि २१ दल दर्ता भएका छन् ।

आयोगको पनि दवाव

निर्वाचन आयोगले पनि प्रदेश प्रमुख नियुत्ति गर्न सरकारमाथि दवाव दिएको छ । आयोगले आफ्नो पछिल्लो विज्ञप्तीमा, ‘राष्ट्रिय सभा सदस्यको निर्वाचनको मिति घोषणा भई निर्वाचन कार्य तालिका समेत प्रकाशित भइसकेको हुनाले प्रदेश सभा सदस्यको निर्वाचनको नतिजा घोषणा गरी ७ दिनभित्र प्रदेश प्रमुख समक्ष पठाउनु पर्ने भएकाले प्रदेश प्रमुख नियुक्ति गर्न सरकारसँग आग्रह’ गरेको छ ।

प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीको नतिजा प्रदेश प्रमुख समक्ष बुझाउनु पर्ने व्यवस्था छ । प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवको अध्यक्षतामा शुक्रबार बसेको बैठकले गरेको प्रदेश प्रमुखको नियुक्ति गर्न आग्रह गरेको थियो ।

तर, सरकारको आफ्नै ताल

उता न्याय तथा कानुन मन्त्री यज्ञबहादुर थापाले वर्तमान सरकारले प्रदेशको राजधानी नतोक्ने बताएका छन् । उनले यो सरकारले राजधानी तोक्ने अधिकार नै नभएको भन्दै प्रदेश सभा सञ्चालनका लागि अस्थायी स्थानमात्रै तोक्ने बताए ।

रातोपाटीसँग कुरा गर्दै मन्त्री थापाले भने ‘प्रदेशको राजधानी प्रदेश सभाले नै तोक्ने हो । यो संविधानमै व्यवस्था छ । यति हुँदाहुँदै सरकारले राजधानी तोक्ने कुरा हुदैन ।’

उनले थपे, ‘सरकारले राजधानी होइन, प्रदेश सांसदले सपथ लिने स्थानमात्रै तोक्ने हो । यसबारे दुविधामा नपर्न म सवैलाई आग्रह गर्छु ।’

उनले प्रदेश प्रमुखको नियुक्ति भने सरकारले चाँडै गर्ने बताए । ‘अव समय छैन । सरकारले जतिसक्दो चाँडो सातै प्रदेशका प्रदेश प्रमुख नियुक्त गर्छ ।’ उनले भने, ‘प्रदेश प्रमुख नियुक्ति नगरे राष्ट्रिय सभा सदस्य निर्वाचन नै प्रभावित हुन सक्छ । यसकारण सरकार आफ्नो दायित्वबाट पछि हट्दैन ।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलुकासम्म काठमाडांै आइपुग्ने र मन्त्रिपरिषद बैठक बोलाएर प्रदेश प्रमुखको निर्णय गर्ने पनि बताए । सकभर स्वतन्त्र, निष्पक्ष र निश्कलंकित व्यक्तिलाई प्रदेश प्रमुख तोकिने उनले बताए ।

प्रदेश प्रमुख बन्न धेरैको नाम चर्चामा आएको भन्दै उनले प्रदेश प्रमुख हुन चाहाना राख्नुलाई अस्वभाविक भन्न नमिल्ने बताए । ‘सात जनाका लागि १७ ÷१८ जनाको नाम आएको छ । ती नाममध्ये सरकारले छान्छ ।’

आयोग चाहन्छ
‘जतिसक्दो छिटो सरकारले प्रदेश प्रमुख तोके हामीलाई काम गर्न सहज हुन्छ किनभने प्रदेश सभा सदस्य पनि राष्ट्रिय सभा सदस्यका मतदाता हुन्छन् । त्यसका लागि प्रदेश प्रमुख तोकेर प्रदेश सभाका सदस्यले प्रदेश प्रमुखबाट सपथ लिनुपर्छ’ निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘हामीले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि माघ ७ गते मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेका छौँ ।’

बामगठबन्धनको दवाव
सरकारमाथि प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने काम जतिसक्दो छिटो गर्न दवाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
श्रीलंकाका राष्ट्रपति अनुराले लिए शपथ

    श्रीलंकाका नवनिर्वाचित प्रथम कम्युनिष्ट राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिएका छन्

रास्वपा कार्यकर्ताको पोखरामा प्रदर्शन

    रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता–कार्यकर्ताले

दुर्गा प्रसाईंका समर्थकले जलाए ३ वटा ट्रक

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा उनका समर्थकले झापामा सवारीसाधन

प्रधानमन्त्री ‌ओली र भारतीय प्रधानमन्त्री मोदीबीच न्युयाेर्कमा भेटवार्ता

    संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त