माघे संक्रान्तिका लागि तरुल किन्दै हुनुहुन्छ ? भाउ थाहा पाइराख्नुहोस्



हाम्रो इकोनोमि

पोहोरको तुलनामा यसवर्ष तरुलको भाउ महंगो भएको छ । योवर्ष औसतमा १० देखि १५ प्रतिशत तरुलको भाउ बढेको हो । तर हिजो अस्ति भाउ बढेपनि आइतबारदेखि तरुलको भाउ घट्न थालेको काठमाडौंको मुख्य थोक बजार कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

समितिका सूचना अधिकृत विनय श्रेष्ठका अनुसार आइतबार तरुलको भाउ घटेको छ । हिजो अस्तिको तुलनामा २० प्रतिशतले तरुलको भाउ घटेको हो । माग अनुसारकै तरुल भित्रिएको र सोमबारका लागि धेरै कारोबार समेत भैसकेको भाउ घट्न थालेको हो । स्वदेशी उत्पादनले माग धान्ने हुँदा तरुलको कारोबारमा खासै समस्या नभएको उहाँले बताउनुभयो ।

काठमाडौं लगायतका देशका धेरै ठाउँमा सर्लाहीको तरुलको कारोबार धेरै हुने गरेको छ । यस्तै चितवन, पाल्पा, मकवानपुर, धादिङलगायत जिल्लामा पनि तरुलको राम्रो उत्पादन हुने गरेको छ । यी क्षेत्रमा व्यवसायिक रुपमा नै तरुल खेती हुने गरेको छ । साेमबार परेको संक्रान्तिका लागि भारतबाट पनि केही तरुलको आयात हुने गरेको छ । तर भारतबाट धेरै नआउने थोक बिक्रेता भगवानचन्द्र उप्रेतीले बताउनुभयो ।

सोमबार परेको संक्रान्तिका लागि काठमाडौं लगायत देशभर तरुल, पिँडालु र सखरखण्डको कारोबार पनि बढेको छ ।कालिमाटी बजारमा आइतबार सिमल तरुल किलोको एक सय रुपैयाँ, स्कुसको जरा २५० देखि २७० रुपैयाँ, वन तरुल २५० देखि तीनसय रुपैयाँ, भारतीय तरुल किलोको ४५ देखि ५० रुपैयाँ, हात्तीपाइले तरुल एकसय रुपैयाँदेखि एकसय १० रुपैयाँ, चितवनको तरुल ५५ देखि ६० रुपैयाँ, रातो तरुल १४० देखि १५० रुपैयाँ, तराईको रातो तरुल ७० देखि ८० रुपैयाँ, पानी तरुल ४५ देखि ५० रुपैयाँ, पिँडालु ४५ देखि ५० रुपैयाँ र सखरखण्ड ६५ देखि ७० रुपैयाँमा कारोबार भइरहेको छ । तर खुद्रा बजारमा भने भाउ महंगो पर्ने उपभोक्ताको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...