‘ओली प्रधानमन्त्री, प्रचण्ड अध्यक्ष’



हाम्रो इकोनोमि

नेकपा (माओवादी केन्द्र)का नेता महेन्द्रबहादुर शाहीले वाम गठबन्धन तोड्न देशीविदेशी शक्तिको चलखेल बढेको बताउनुभएको छ ।

रफत सञ्चार क्लबमा आज आयोजित कार्यक्रममा युवा नेता शाहीले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनलाई टुक्य्राउँदै आफ्नो शक्ति केन्द्रका रुपमा नेपाललाई प्रयोग गर्न देशीविदेशी शक्ति लागे पनि त्यसले पूर्णता नपाउने बताउनुभयो ।

आगामी पाँच वर्षसम्म वाम गठबन्धनबाट एक प्रधानमन्त्री र अर्को पार्टी अध्यक्ष हुने गरी दुई पार्टीबीच सहमति हुने बताउँदै उहाँले भन्नुभयो, “वाम गठबन्धनको सरकारमा केपी शर्मा ओली प्रधानमन्त्री भए प्रचण्ड पार्टी अध्यक्ष हुनेछन्, त्यो कार्यकाल पाँच वर्ष हुनेमा कसैलाई शंका नगर्न म आग्रह गर्छु ।”

उहाँले निर्वाचन आयोगले नयाँ सरकार गठनमा देखाएको अलमल रहस्यमय छ भन्दै आयोगले तत्परता देखाउन नसक्दा नयाँ सरकार गठनमा अवरोध भएको र संविधानसमेत उल्लंघन भएको टिप्पणी गर्नुभयो ।

उहाँले ६ नं प्रदेशको मुख्यमन्त्रीका लागि आफू योग्य रहेको र जिम्मेवारी बहन गर्न तयार रहेको बताउनुभयो । “प्रदेश राजधानीका विषयमा ६ नं प्रदेशमा कुनै विवाद छैन, प्रदेशको समग्र विकासका लागि राजनीतिक दलहरु एक जुट हुनुपर्छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...