देउवाका खास मान्छे माथी रामचन्द्रका युबाको हमला,कांग्रेसमा विभाजनको बिउ रोपिदै नेविसंघको समानान्तर समितिले सोध्यो अध्यक्षसँग नै यस्तो स्पष्टिकरण !



हाम्रो इकोनोमि

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा एक समुहले अर्काे समुहलाई कारवाही गर्ने धम्की दिएका छन् । नेविसंघभित्र अनुशासन समिति समेत समानान्तर ढंगले चल्न थालेपछि एक पक्षले अध्यक्षलाई नै स्पष्टिकरण सोधिएको छ ।
अनुशासन समितिले आफ्नो विपक्ष समूहका नेताहरुसँग नै स्पष्टिकरण माग गरेको छ । अध्यक्ष नैनसिंह महरको कार्यशैलीलाई लिएर यसअघि पनि पटक पटक ध्यानाकर्षण गराउँदा पनि नभएको भन्दै अनुशासन समितिले अध्यक्ष महरसँग नै स्पष्टिकरण माग गरेको छ ।

अध्यक्ष महरले नै विधान विपरित काम गरेको भन्दै असन्तुष्ट विद्यार्थी नेताहरुले पुस ११ गते नै ध्यानाकर्षण गराएका थिए । अध्यक्ष महरको कार्यशैली नसच्चिए कडा कदम चाल्न बाध्य हुने चेतावनी केही विद्यार्थीहरुले यसअघि नै दिएका थिए ।
अध्यक्ष महर पक्षको अनुशासन समितिले समानान्तर गतिविधि गरेको, पार्टीका युवा नेताहरुलाई सहयोग गरेको भन्दै उपाध्यक्ष रामप्रसाद अधिकारीलाई नै स्पष्टिकरण सोधेको छ ।

अनुशासन समितिको संयोजक अम्बिका चलाउनेले सोधेको स्पष्टिकरण पत्रमा नेविसंघको केन्द्रीय समितिको समानान्तर गतिविधिमा संलग्न हुँदै आएकाले कारवाही किन नगर्ने भनी स्पष्ट पारिएको छ ।

उपाध्यक्ष अधिकारीलाई स्पष्टिकरण सोधेकै दिन महामन्त्री कुन्दन काफ्ले पक्षधरले अध्यक्षसँग नै स्पष्टिकरण सोधेको छ ।

महरलाई विधान विपरित चलेको, स्थानीय, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीकै उमेदवारविरुद्ध लागेको लगायतका आरोप लगाउँदै ३ दिनभित्र अनुशासन समितिलाई आफ्नो धारणा बुझाउन भनिएको छ ।

अर्को अनुशासन समितिका संयोजक एवम् सह महामन्त्री राजेश रौनियारले अध्यक्ष महर र समानान्तर अनुशासन समितिका संयोजक चलाउनेसँगै नै स्पष्टिकरण माग गरेका छन् ।

त्यतिमात्रै नभएर संस्थापन पक्षको अनुशासन समितिलाई नै स्पष्टिकरण सोधिएको छ ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...