आङ खस्ने महिलाको पहिचान गरिँदै



हाम्रो इकोनोमि

जिल्लामा पहिलो पटक आङ खस्ने महिलाको पहिचान गरिएको छ।

वातावरणीय कृषि तथा विकास केन्द्र (केड)ले तथ्यांक संकलन गर्न शुरु गरेसँगै महिला सशक्तीकरण केन्द्र डोल्पाले साविकका पाँच गाविसभित्र २० प्रतिशत महिला आङ खस्ने रोगबाट ग्रसित रहेको तथ्यांक सार्वजनिक गरेको हो।

आङ खस्नेसम्बन्धी अन्तरक्रिया कार्यक्रममा साविकका त्रिपुराकोट, ल्हां, सुँ, शहरतारा, जुफाल र दुनैका करिब २५० घरधुरीमा सर्वेक्षण गरिएको केन्द्रका कोषाध्यक्ष काली चलाउनेले बताइन्।

चेतनाका कमीको कारणले पनि आङ खस्ने रोगको समस्या धेरै भएको जोडी सहजकर्ता धनचन्द्रा सार्कीको अनुभव छ।
‘कर्णालीका महिलालाई पौष्टिक आहार पनि छैन, काम नगरी खान पुग्दैन, उनीहरुलाई बाध्यता रहेको छ”, उनले भने, ‘पहिले पहिले महिला लाज मान्ने गर्थे, अब त सजिलै भन्न सक्ने भइसकेकाले आङ खस्ने रोगसम्बन्धी जानकारी दिन सहज भएको छ ।’

जिल्लामा पहिलो पटक महिलाको स्वास्थ्यलाई ध्यानमा राखी केडले आङ खस्ने रोगसम्बन्धी खोजमूलक काम गर्न लागेको छ । उनीहरुको पहिचानपछि जाँच गरिने र तराईका जिल्लामा निःशुल्क उपचार गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...