भारतीय गुप्तचर संग बैंककमा ओलीको यस्तो देखियो हिमचिम,प्रहरीले खोजेका नवराज सिलवाल पनि ओली संग कुम जोड्दै यसरी भेटीए थाईल्याण्डमा



हाम्रो इकोनोमि

स्वास्थ्य उपचारका लागि थाईल्याण्डको बैंकक गएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको गुप्तचर संस्था ‘र’का प्रमुख अनिलकुमार धसमानासँग भेटवार्ता गरेका छन् । उच्च सुरक्षा सुत्रका अनुसार बुधबार बैंकक गएका ओलीले धसमानासंगै भारतका पूर्व विदेश सचिव जय शंकरसँग समेत भेटवार्ता गरेका छन् ।

विगतमा राम्रै सम्वन्ध भएपनि नेपालमा संविधान जारी भएयता ओली र भारत सरकारबीचको सम्वन्धमा चिसो पसेको थियो । प्रदेश तथा प्रतिनिधिसभा सदस्य चुनावमा पाएको विजयसंगै एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने लगभग पक्का भएपछि उनले भारतीय पक्षसंग सम्वन्ध सुधारको प्रयास गरेका हुन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र जय शंकरसँगको भेटले दुई पक्षबीचको सम्वन्ध सुधार गर्दै भोलीका दिनमा सहज सहकार्य गर्ने वातावरण बनाउने प्रयास गरेको श्रोतको दावी छ ।उनीहरुबीचको भेटवार्ता शुक्रबार सम्पन्न भएको बताईएपनि अति गोप्य राखिएको छ ।

भारतका नेपाल सम्वन्धि विज्ञहरुले ओली र प्रधानमन्त्री मोदीका दुतबीचको भेटलाई स्वभाविक रुपमा लिनुपर्ने बताएका छन् । नाम नबताउने सर्तमा कुरा गर्दै भारतका एक पत्रकारले भने, ‘अहिलेपनि कस्मीरमा भारत र पाकिस्तानकाबीच मारामारको अवस्था छ, तर पनि केही दिन अघि दुवै देशका सुरक्षा प्रमुखहरुले बैंककमा भेटवार्ता गरेका थिए । नेपाली नेताहरुसंग ‘र’ प्रमुख वा अन्य कुटनीतिज्ञले भेट गर्नु अनौठो होईन ।’ ओली, भारतीय पक्ष र पूर्व राजा ज्ञानेन्द्र शाहकी बुहारी हिमानी शाहका बीचमा समेत भेटवार्ता भएको चर्चा गरिएपनि त्यसको भने पुष्टी हुन सकेन । त्यसै गरी नेपाल प्रहरीले खोजीको सुचीमा राखेका नवराज सिलवाल समेत भारतीय बाटो हुदै बैकक पुगेर ओली संगै बसेको श्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाउने तयारी

     नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको...

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...