नवराज सिलवालले पुलिसलाई झुक्याएपछी आइजीपीको छाती दुख्यो,सिलवालले ट्वीट गरेको स्थान खोज्दै यसरी जाक्दैछ प्रहरी,प्रधानमन्त्री देउवाले आफु पदमा छदै थुन्न दिए फेरी यस्तो निर्देशन



नेपाल प्रहरी आफ्नै पूर्व प्रहरी नायव महानिरीक्षक नवराज सिलवाललाई खोजी गरिरहेको छ । सिलवाल भने कहाँ छन् कसैलाई थाहा छैन, उनी मलेसियाबाट अमेरिकातर्फ लागेको हल्लाहरुले बजार तात्ने गरेको छ तर एकाएक जनवरी १२ अर्थात पुस २८ गते शुक्रबार नवराज सिलवाल एकाएक ट्वीटरमा झुल्किए ।
उनले आफ्नो ट्वीटर अकाउन्टमा ट्वीट गर्दै लेखेका छन् ।

How bad people may have treated you, in life what comes around goes around.

यसको अर्थ नराम्रो मानिसले तपाईंलाई कस्तो व्यवहार गरेका छन्, तर जीवनमा के पर्छ त्यही टेरेर जान्छ । उनको यो स्टाटसलाई धेरै तरिकाले अर्थ लगाउन सकिन्छ ।

यता नेपाल प्रहरीले भने पूर्व डिआइजी नवराज सिलवालको खोजी जारी रहेको बताएको छ । अदालतमा बुझाएको कार्य सम्पादन मूल्यांकन फाइल कीर्ते गरेको अभियोगको अनुसन्धानका लागि प्रहरीले पूर्वडिआइजी सिलवालको खोजी गरिरहेको छ ।

ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा समेत निर्वाचित सिलवाललाई अनुसन्धानको लागि उपलव्ध गराइदिन महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर परिसरलाई पत्राचार गरेको थियो । एक सातापछि ललितपुर प्रहरीले सिलवाल नभेटिएको भन्दै बुधवार काठमाडौं प्रहरीलाई जवाफ पठायो।

सिलवाल भने पूर्वनिर्धारित कार्यक्रमका लागि मलेसिया पुगेको दावी गर्दै आएका छन् । तर, उनले जुन एयरलाइन्सबाट गएको बताए त्यसको उडान नभएको र जुन ठाउँमा कार्यक्रम भनेको कार्यक्रम नै नरहेको तथ्य पनि फेला परिसकेको छ ।

ललितपुर प्रहरीले सिलवाल नभेटाएको भन्दै जवाफ मात्र पठाएको जानकारी दिएको छ । परिसरका प्रमुख एसएसपी गणेश ऐरले सिलवालको स्थायी ठेगनामा नभेटिको मात्र भनेको खोजी जारी राखेको बताउछन् । उनले भने ‘जहाँ भेट्छौं पक्राउ गरेर काठमाडौं प्रहरीलाई बुझाउछौं ।’

यता काठमाडौं प्रहरी परिसरले पनि सिलवालको कीर्ते अनुसन्धान जारी राखेको छ । कार्य सम्पादन मूल्याङ्कन फाइल मगाएर अनुसन्धान गरिरहेको हो । सिलवालले कीर्ते गरेको देखिएमा प्रहरीले अदालतमा मुद्दा दर्ता गराएर सिलवाललाई फरार अभियुक्त बनाएर खोजी गर्ने तयारी भइरहेको प्रहरी स्रोतले बतायो ।

यता नेपाल प्रहरीका आईजीपी प्रकाश अर्याल तीन दिन विरामी विदा लिएर बसेका छन । मंगलबारदेखि विदामा बसेका उनको छातीमा ईन्फेक्सन भएको बताइएको छ । उनि अहिले घरमै आराम गरि रहेको अर्याल निकट स्रोतले जानकारी दियो । संयोग नै भन्नु पर्छ सर्वोच्च अदालतको आदेशमा अनसनमा बसेका डा गोविन्द केसिलाई पक्राउ गरेसंगै उनि विदामा बसेका हुन । उनी अझै एक साता बिदा बस्दैछन। प्रधानमन्त्री शेर बहादुर देउवाले आफु प्रधान मंत्री छदै सिलवाललाई थुन्न तारन्तार आदेश दिएका छन्।

प्रधानमन्त्री तथा गृहमन्त्री शेरबहादुर देउवाले केसिको गिरफ्तारिका बारे आफुलाई जानकारी समेत नगराएको अभिव्यक्तिपछि अर्याल विदामा बसेका हुन । अर्याल विदामा बसेपछि अपराध अनुसन्धान विभागका प्रमुख एआईजी बमबहादुर भण्डारी निमित्त आईजीपी बनेका छन ।

प्रतिक्रिया दिनुहोस
श्रीलंकाका राष्ट्रपति अनुराले लिए शपथ

    श्रीलंकाका नवनिर्वाचित प्रथम कम्युनिष्ट राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिएका छन्

रास्वपा कार्यकर्ताको पोखरामा प्रदर्शन

    रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता–कार्यकर्ताले

दुर्गा प्रसाईंका समर्थकले जलाए ३ वटा ट्रक

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा उनका समर्थकले झापामा सवारीसाधन

प्रधानमन्त्री ‌ओली र भारतीय प्रधानमन्त्री मोदीबीच न्युयाेर्कमा भेटवार्ता

    संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त