प्रकाशकी पत्नी सिर्जनालाई बाइकट गरेर प्रचण्डको सिंगो परिवारले यसरी मनायो राष्ट्रपति निवासमा ‘गुड फ्राइडे’,छोरी-ज्वाईको लावालस्कर लिएर किन पुगे प्रचण्ड?



हाम्रो इकोनोमि

राजनीतिक गतिरोध अन्त्यका लागि राष्ट्रपति विद्या भण्डारीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सहयोग लिइरहेकी छन्। एमाले र कांग्रेसबीच सहमति जुटाउन प्रचण्ड कहिले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पुग्छन् त, कहिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न। त्यसपछि उनी भेटघाटको सन्देश लिएर राष्ट्रपति भण्डारीलाई भेट्न राष्ट्रपति कार्यालय शीतल निवास पुग्छन्।

यसरी राजनीतिक गतिरोध अन्त्यका लागि सहयोगी बनिरहेका प्रचण्डको सम्पूर्ण परिवारलाई राष्ट्रपति भण्डारीले शुक्रबार साँझ शीतल निवासमा बोलाइन् र डिनर दिइन्। दिउसो म्याग्दीको एउटा कार्यक्रमका लागि म्याग्दी पुगेका प्रचण्ड बेलुकी काठमाडौं फर्कनासाथ परिवारसहित डिनरका लागि राष्ट्रपति निवास पुगेका थिए।

राष्ट्रपति निवासमा प्रचण्ड परिवारलाई दिइएको डिनरमा पत्नी सीता दाहालका अलावा भरतपुर महानगरपालिकाको मेयर समेत रहेकी माहिली छोरी रेणु दाहाल र उनका पति अर्जुन पाठक, बुहारी बीना मगर र स्व प्रकाश दाहालका दुबै छोरा प्रणब र प्रसिद्ध सहभागी थिए। अर्की बुहारी सिर्जना त्रिपाठी भने त्यो जमघटमा सहभागी भइनन्।

यसैगरी जेठा ज्वाइँ सागर केसी र उनका छोरीहरु, कान्छी छोरी गंगा दाहाल र उनका पति जीवन आचार्य लगायत उनीहरुका सबैजना छोराछोरीहरु समेत राष्ट्रपति निवास पुगेका थिए। ‘सबै परिवार काठमाडौं जुटेको बेला पर्‍यो, त्यही बेला राष्ट्रपतिज्यूबाट पनि निम्तो प्राप्त भयो’ पारिवारिक स्रोतले भन्यो, ‘हिजोको साँझ राष्ट्रपति र हाम्रो परिवारका लागि गुड फ्राइडे’ जस्तै भयो।’
बेलुकी साढे ५ बजे परिवारसहित शीतल निवास पुगेका प्रचण्डको परिवार ४ घण्टा त्यहाँ बिताएर साढे नौ बजे खुमलटारस्थित आफ्नो निवासमा फर्किएको थियो।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...