देउवा सरकारका १६ मंत्रीले देउवालाई बुझाए राजिनामा,ओलीले प्रचण्डलाई निर्देशन दिए संगै माओबादी सरकारबाट बाहिरियो



हाम्रो इकोनोमि

सरकारमा प्रतिनिधित्व गरेका माओवादी मन्त्रीहरुले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाएका छन्।

सरकारमा बिनाविभागीय मन्त्रीका रुपमा रहेका माओवादी मन्त्रीहरुको राजीनामा पत्र गिरिराजमणि पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका हुन्। प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट बाहिरिने विषयमा लेखेको राजीनामा पत्र बुझाए।

माओवादीका मन्त्रीहरुले बिहीबार नै राजीनामा बुझाउने बताए तापनि सार्वजनिक बिदा परेका कारण रोकिएको थियो।

माओवादी केन्द्रबाट सरकारमा ९ मन्त्री र ७ राज्यमन्त्री गरी १६ जना बिनाविभागीय मन्त्रीका रुपमा थिए।

प्रधानमन्त्री देउवाले गत असोज ३१ गते माओवादीका मन्त्रीहरुको जिम्मेवारी खोस्दै बिनाविभागीय हैसियतको बनाएका थिए।

सरकारबाट बाहिरिएका माओवादी मन्त्रीहरु

मन्त्रीहरु
कृष्णबहादुर महरा
गिरिराजमणि पोखरेल
जनार्दन शर्मा
प्रभु शाह
टेकबहादुर बस्नेत
शिवकुमार मण्डल केवट
महेन्द्रबहादुर शाही
आशा कोइराला
सन्तकुमार थारु

राज्यमन्त्री
मोहम्मद जाकिर हुसेन
रामसिंह यादव
श्यामकुमार श्रेष्ठ
कर्णबहादुर विक
छमबहादुर गुरुङ
गोमा कुँवर
वाङदी शेर्पा

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...